'गुण्डा नाइके' गणेश लामालाई एक वर्ष कैद

घनश्याम खड्का

काठमाडौँ — विशेष अदालतले स्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा गणेश लामालाई एक वर्ष कैद हुने फैसला गरेको छ ।

'गुण्डा नाइके' गणेश लामालाई एक वर्ष कैद

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रुपमा आर्जन गरेको भन्दै कैद र उक्त रकम जफत गर्ने सजाय सुनाएको हो ।


सम्पत्ति सुद्धिकरण विभागले ५ वर्षअघि लामा र उनका परिवारका पाँच सदस्यविरुद्ध २७ करोडको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा हाल सजाय भोगिरहेका लामा सम्पत्ति सुद्धिकरण विभागले दायर गरेका मुद्दामा सजाय पाउने पहिलो ‘हाइ प्रोफाइल गुण्डा नाइके’ हुन् ।


अदालतले उनका परिवारका अन्य सदस्यलाई भने सफाइ दिएको छ ।


प्रकाशित : श्रावण २४, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?