कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पर्यटक ल्याउन/पठाउन कोरियाली दूतावासले सघाउने

कोरियामा रहेका कामदारका आफन्तलाई त्यता पठाउन कोरियाली दूतावासले टुर प्याकेज बनाई पठाउन सघाउने 
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरियाली पर्यटक बढाउन काठमाडौंस्थित कोरियन राजदूतावास र कोरिया टुर एण्ड ट्रेकिङ्ग अपरेटर्स एशोशिएसन(नेपाल)बीच समझदारी भएको छ । 

पर्यटक ल्याउन/पठाउन कोरियाली दूतावासले सघाउने

बिहीबार ठमेलमा आयोजित कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र एशोशिएसनका अध्यक्ष अमर बहादुर शाहीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।


एशोशिएसनका अनुसार, कोरियाली दूतावासले नेपाल सरकारले सन् २०२०का लागि तय गरेको नेपाल भम्रण वर्षलाई समेत मध्यनजर गर्दै आफ्ना मुलुकका नागरिकहरुको नेपालमा आवागमन बढाउन मद्दत गर्ने छ ।


उसले कोरियाली नागरिकहरुको सुरक्षालाई ध्यानमा राख्दै एशोशिएसनलाई सघाउन भनेको छ । यसैबीच एशोशिएसनले नेपालका विभिन्न हिमाली भेग लगायतका पर्यटकीय क्षेत्रमा जाने कोरियाली पर्यटकहरुका लागि आपतकालीन अवस्थामा सेल्टरको व्यवस्था गर्ने भएको छ ।


‘कुनै कोरियाली नागरिक विरामी परे वा खर्च अभाव लगायतका समस्यामा परे हामीले सघाउने समझदारी गरेका छौँ,’ अध्यक्ष शाहीले भने, ‘हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आइपरे वा कतै बास बस्नु परे हामीले लुक्ला, अन्नपुर्ण लगायतका क्षेत्रमा कोरियाली पर्यटकहरुका लागि सेल्टर तोकेका छौँ ।’


एशोशिएसनले देशभरका पर्यटकीय स्थलमा गाइड बिना एक्लै हिडेर अप्ठ्यारो अवस्था खेप्न सक्ने कोरियाली पर्यटकहरुका लागि विभिन्न होटलहरुलाई सेल्टर तोक्ने काम गर्ने छ ।


यसैबीच नेपालका विभिन्न पर्यटकीय रुटमा कोरियन खानाहरुको मेनु पनि विस्तार गर्न एशोशिएसनले सघाउने भएको छ ।


त्यसैगरी पछिल्लोपटक कोरियामा रहेका नेपालीहरुका आफन्त भेटघाटका लागि दुतावासले सघाउने भएको छ । एशोशिएसनमार्फत् दूतावासले टुर प्याकेज बनाई कोरियामा रहेका नेपाली कामदारका आफन्तलाई पठाउन सघाउने छ ।

प्रकाशित : श्रावण २४, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?