पाँच दिनपछि निशानको अन्त्येष्टि

कान्तिपुर संवाददाता

भक्तपुर — काठमाडौंमा गत आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय निसान खड्काको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मलेसियामा रहेका बाबु गणेश बिहीबार फर्किएपछि निसानको अन्त्येष्टि गरिएको हो । निसानलाई हजुरबुबा जयबहादुर खड्काले दागबत्ती दिए ।

पाँच दिनपछि निशानको अन्त्येष्टि

अपहरणपछि हत्या गरिएका छोराको अनुहार हेर्छु भनेकैले पाँच दिनपछि अन्त्येष्टि गरिएको उनका आफन्तले बताएका छन् । दुई छोरी (सविना/रविना) र छोरालाई श्रीमतीको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको हत्या भएपछि बिहीबार दिउँसो नेपाल आइपुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पशुपति आर्यघाट पुगेका थिए । निसानकी आमा चमेली पाँच दिनदेखि अर्धचेत अवस्थामा छिन् । छोराको हत्यामा विह्वल पत्नीलाई भेट्दा गणेश भक्कानिए । उनले आफैंलाई सम्हाल्न नसकेको निसानका मामा पदमबहादुर सापकोटाले बताए ।


सिन्धुपाल्चोक, ज्यामिरे घर भई कागेश्वरी मनोहरा ९, काँडाघारीस्थित टाउन प्लानिङमा बस्दै आएका निसानको अपहरण भएको खबर गणेशलाई सुनाइएको थिएन । भोलिपल्ट हत्या भएपछि मात्रै उनले घटनाबारे थाहा पाएका थिए । ‘एक्कासी भिनाजुलाई भान्जाको हत्या घटना सुनाउनुपर्‍यो,’ उनका साला पद्मबहादुर सापकोटाले भने । तीन वर्षको बसाइपछि गत फागुनमा बिदामा आएका उनी चैत पहिलो साता पुन: मलेसिया फर्किएका थिए ।

प्रकाशित : श्रावण २४, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?