२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
समाचार

News

साहित्यकार यज्ञनिधिको निधन

साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा निधन भएको हो । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए ।

साहित्यकार यज्ञनिधिको निधन

आधारभूत शिक्षा लिन भारत

पश्चिम नवलपरासीस्थित सुस्ताका बालबालिका ७ कक्षाभन्दा माथि अध्ययन गर्न छिमेकी विहारको भैंसालोटन जानुपर्छ । त्यहाँको दलित आधारभूत प्राविमा कक्षा ६ सम्म पढाइ हुन्छ ।

आधारभूत शिक्षा लिन भारत

पर्यटकलाई मिलेमतोमा मोटरसाइकल नामसारी

पर्यटक भिसामा राजधानी आएका फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिचेल चप्पु हरेक दिन कालो रङको साइन मोटरसाइकलमा हुइँकिन्थे । यिनै डेनिससहित उनका साथी क्रिस्टोफर गुलियोक्सलाई पक्राउ गरी साउन ८ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गर्‍यो ।

पर्यटकलाई मिलेमतोमा मोटरसाइकल नामसारी

आफन्तैले दिँदैनन् रगत

रगत चाहिएर पुगेका बिरामीका आफन्तको पोखराको रक्तसञ्चार केन्द्रमा बेलाबेला भीड हुन्छ । केन्द्रको खाताबाट पाइएको रक्तदाताका नम्बरका फोन गरेर उनीहरू खाँचो परेको सुनाइरहेका हुन्छन् । अधिकांश समय केन्द्रमा रगत अभाव हुन्छ । 

आफन्तैले दिँदैनन् रगत

दान दिएरै ढल्कियो उमेर

उमेरले ६२ वर्ष पुगिसके तर उनको जोश–जाँगर तन्नेरीझैं छ । काम नगरी एकैछिन बस्दैनन् । बिहान–बेलुकी मजदुरी गर्छन्, दिउँसो जागिर । जीवनभर सरकारी जागिर खाए । उमेर हदले अवकाश पाएपछि पनि त्यही‌ँ करारमा काम गरिरहेका छन् । मजदुरी गर्न पनि छाडेका छैनन् ।

दान दिएरै ढल्कियो उमेर

कांग्रेस र विप्लवका तीन कार्यकर्ता पक्राउ

रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना र कांग्रेसका एक कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेस र विप्लवका तीन कार्यकर्ता पक्राउ

नारायणगढ–मुग्लिन कालोपत्रे सकियाे

कालोपत्रे पुरा भएसँगै नारायणगढ मुग्लिन सडक विस्तारको काम लगभग सकिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार शुक्रबारदेखि कालोपत्रेको काम सकिएको हो ।

नारायणगढ–मुग्लिन कालोपत्रे सकियाे

बर्खामा भारतकै भर

उनीहरू नेपाली हुन्, भूमि पनि नेपालकै हो । तर, बर्खामा वरिपरि नदी बगेपछि पूर्ण रूपमा भारतमा निर्भर हुन्छन् । बर्खा लागेपछि नेपालतिरको सम्बन्ध टुट्छ, पारि जोडिन्छ । बर्खामा नदी उर्लिंदा तर्ने पुल छैन । त्यसैले दैनिक भारतकै भर पर्नुपर्ने बाध्यता छ ।

बर्खामा भारतकै भर

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

२००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार प्रमुखको ध्यानाकर्षण गराइएको छ ।

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

नूरप्रसादको घरमा म्याद तामेल   

कृष्णप्रसाद अधिकारी हत्यामा जाहेरी दिएका नूरप्रसाद अधिकारीको गण्डकी गाउँपालिका–३ फुजेल चमती गाउँको घरमा म्याद तामेल गरिएको छ ।

नूरप्रसादको घरमा म्याद तामेल   

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा लैजानुपर्छ : महरा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सकारात्मक चिन्तनमार्फत् राजनीतिज्ञले समाजलाई सत्मार्गमा लैजानुपर्ने बताएका छन् । 

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा लैजानुपर्छ : महरा

कर्णालीका जनप्रतिनिधि लर्को लागेर राजधानी

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना एक सातादेखि काठमाडौंमा छन् । अध्यक्ष/उपाध्यक्ष नहुँदा वडाध्यक्ष इन्द्र ढकालले गाउँपालिकाको नेतृत्व गरिरहेका छन् ।

कर्णालीका जनप्रतिनिधि लर्को लागेर राजधानी

नेकपामा संगठन एकीकरणको मापदण्ड तय

नेकपाले भ्रातृसंगठन, जिल्ला र प्रदेश संगठनहरूको एकीकरण गर्दा संघ, प्रदेश र स्थानीय सरकार एवं संसदमा जिम्मेवारी पाएका नेतालाई पार्टीका कार्यकारी पद अध्यक्ष र सचिवको जिम्मेवारी नदिने नीति अख्तियार गर्ने भएको छ ।

नेकपामा संगठन एकीकरणको मापदण्ड तय

अविलम्ब संविधान संशोधन गर्न आदिवासी जनजातिको माग

आदिवासी जनजातिले अविलम्ब संविधान संशोधन गरी आफ्ना मुद्दा संवोधन गर्न माग गरेका छन् । २४औं विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित दुई दिने ‘आदिवासी जनजाति बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन’ पछि १३ बुँदे घोषणापत्र जारी गरेर उक्त माग गरेका हुन् ।  

अविलम्ब संविधान संशोधन गर्न आदिवासी जनजातिको माग

नेपाली ऊर्जा बजारमा बंगलादेशको प्रवेश, समझदारीपत्रमा हस्ताक्षर  

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार हस्ताक्षर गरेका हुन् ।

नेपाली ऊर्जा बजारमा बंगलादेशको प्रवेश, समझदारीपत्रमा हस्ताक्षर  

'फेक इन्काउन्टर' हल्ला मात्रै हो, निसान हत्यामा संलग्न मुठभेठमै मारिएका हुन्ः गृहमन्त्री

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । बिहीबार चितवन पुगेका गृहमन्त्री थापाले 'फेक इन्काउन्टर' भनेर चलाइएको 'हल्ला', हल्ला मात्रै भएको बताए । गृह मन्त्रालयमा प्राप्त सूचना अनुसार उक्त घटना मुठभेडबाटै भएको उनको दाबी छ । उनले भने, 'फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।'

'फेक इन्काउन्टर' हल्ला मात्रै हो, निसान हत्यामा संलग्न मुठभेठमै मारिएका हुन्ः गृहमन्त्री

उप्रेती भारतको राजदूत नबन्ने निश्चित, निर्णय नै प्रमाणीकरण भएन

मन्त्रिपरिषद्को निर्णय प्रमाणिकरण नभएपछि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि राजदूत बन्ने सम्भावना सकिएको छ ।

उप्रेती भारतको राजदूत नबन्ने निश्चित, निर्णय नै प्रमाणीकरण भएन

प्रेस स्वतन्त्रतासंग बाझिएका फौजदारी संहिताका प्रावधान सच्याउन माग

नेपाल पत्रकार महासंघले मुलुकी (फौजदारी) संहिता र मुलुकी (देवानी) संहिताका प्रावधानहरुलाई सच्याउन माग गरेको छ ।

प्रेस स्वतन्त्रतासंग बाझिएका फौजदारी संहिताका प्रावधान सच्याउन माग

नेपालमा गुड्यो छुकछुके रेल

भारतको जयनगरदेखि नेपालको खजुरीसम्मको साढे ८ किमिमा बुधबार ब्रोडगेज रेल गुडेको छ । झन्डै पाँच वर्षपछि नेपाली भूमिमा पुन: रेल सञ्चालन गरिएको छ । भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति आयोजनाले परीक्षणका लागि रेल गुडाएको हो ।

नेपालमा गुड्यो छुकछुके रेल

विश्वकर्मा गिरफ्तारीबारे गृहमन्त्रीले भने 'उनी वान्टेड हुन्, हत्कडी स्वभाविक'

गृह जिल्ला चितवन आएका गृहमन्त्री रामबहादुर थापालाई शुक्रबार बिहान पत्रकारहरूले भरतपुर विमानस्थलमा सोधे, 'तपाईं गृहमन्त्री हुँदा तपाईंकै साथी खड्कबहादुर विश्वकर्मा पक्राउ पर्दा हत्कडी किन ?

विश्वकर्मा गिरफ्तारीबारे गृहमन्त्रीले भने 'उनी वान्टेड हुन्, हत्कडी स्वभाविक'

७ हजार विद्यालय, शौचालय शून्य

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ८ हजारमध्ये ३१ जिल्लाका ७ हजार विद्यालय पुनर्निर्माण गरिरहेको छ । इकाइले विद्यालय व्यवस्थापन समितिमार्फत ४, ६ र ८ कोठे भवन निर्माण गरिरहेको हो । तर, ती कुनैमा पनि शौचालय छैन ।

७ हजार विद्यालय, शौचालय शून्य

बिजुली बाल्न हातेमालो

याङसिजुङका हरेक घरबाट दैनिक कोही न कोही निदुवा खोला किनार पुग्छन् । बाँध बनाउन ढुंगा बोक्छन् । पुरिएका विद्युत्गृहका उपकरण झिक्न मिहिनेत गर्छन् । साउन ४ गते खोलामा आएको बाढीले निदुवा खोला लघु जलविद्युत्को संरचना बगायो । उपकरण पुरिए । आसपासका पर्खाल भत्किए ।

बिजुली बाल्न हातेमालो

महिनाभरिको हाजिर एकै दिन

सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिरी गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरिको हाजिरी एकैपटक गरेको पाइएको छ ।

महिनाभरिको हाजिर एकै दिन

भर्ना नपाउँदा बिरामीको मृत्यु

जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकलाई दमको व्यथाले च्याप्यो । आफन्तले उपचारका लागि चौरजहारी अस्पताल ल्याए । बिरामीको मृत्युले चौरजहारी अस्पतालमा तनाव थियो । अस्पतालले भर्ना लिएन । नेपालगन्ज लैजाने गरी आफन्तले खर्चको जोहो गरे पनि उनको मृत्यु भयो ।

भर्ना नपाउँदा बिरामीको मृत्यु

चिरिएकै जमिनमा घर

भुजीका ४ परिवारले भूगर्भविद्ले जोखिमयुक्त प्रमाणीकरण गरेकै ठाउँमा घर बनाएका छन् । सल्लेपानीपाखा माथिको भीरबाट पहिरो झरिरहेको र तल खोलाबाट जमिन चिरिएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोलीले उक्त बस्तीलाई जोखिमयुक्त सूचीमा राखेको थियो । टोलीले स्थानीयलाई नजिकै कोलडाँडामा बसोबास गर्न सुझाएको थियो ।

चिरिएकै जमिनमा घर

जोखिम बस्तीमै लाप्राकी

माथि पहिरो, तल गाउँ । भूगर्भविद्ले २०५६ सालमै खतरा औंल्याएको बस्ती २०७२ को भूकम्पले चिराचिरा पार्‍यो । तर लाप्राकबासी अझै त्यहीं बसिरहेका छन् । उनीहरूले थातथलो छोड्नै नमान्नुको कारण हो– खेतीपाती, घरबारी त्यही ठाउँमा हुनु ।

जोखिम बस्तीमै लाप्राकी

अब पासपोर्ट ६ प्रकारका

सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसद्मा पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

अब पासपोर्ट ६ प्रकारका

थापा कामु प्रधानसेनापति

रथी पूर्णचन्द्र थापाले बिहीबारदेखि कामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका छन् । जंगीअड्डामा बिहीबार आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले कार्यकाल सकिनु एक महिनाअघि नै घर बिदामा बसेर बलाधिकृत रथी थापालाई जिम्मेवारी सुम्पेका हुन् ।

थापा कामु प्रधानसेनापति

महिला उपप्रमुखको गुनासो ‘प्रमुखले अधिकार दिएनन्’

कास्कीको रूपा गाउँपालिका उपप्रमुख लालसुब्बा गुरुङले गाउँसभामा आर्थिक वर्ष ०७५/७६ को बजेट प्रस्तुत गर्न पाइनन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार बजेट प्रस्तुत गर्ने अधिकार उपप्रमुखको भए पनि प्रमुखले प्रस्तुत गरे । अन्नपूर्ण गाउँपालिकामा पनि त्यस्तै भयो । उपप्रमुख सगुन गुरुङलाई बजेट प्रस्तुत गर्न दिइएन ।

महिला उपप्रमुखको गुनासो ‘प्रमुखले अधिकार दिएनन्’