१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्वकर्मा गिरफ्तारीबारे गृहमन्त्रीले भने 'उनी वान्टेड हुन्, हत्कडी स्वभाविक'

रमेशकुमार पौडेल

चितवन — गृह जिल्ला चितवन आएका गृहमन्त्री रामबहादुर थापालाई शुक्रबार बिहान पत्रकारहरूले भरतपुर विमानस्थलमा सोधे, 'तपाईं गृहमन्त्री हुँदा तपाईंकै साथी खड्कबहादुर विश्वकर्मा पक्राउ पर्दा हत्कडी किन ?

विश्वकर्मा गिरफ्तारीबारे गृहमन्त्रीले भने 'उनी वान्टेड हुन्, हत्कडी स्वभाविक'
मन्त्री थापाले जवाफ दिए, 'म गृहमन्त्री हो, समातिएको व्यक्ति कानुन उल्लंघन गर्ने आरोपित हुन् । आरोपितलाई हत्कडी स्वभाविक नै हो ।'

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्टका प्रवक्ता विश्वकर्मा हालै मात्र काठमाडौंमा गिरफ्तार भएका थिए । उनलाई हत्कडीसहित अदालत लगिएको थियो । थापा र बिक कुनै समय एउटै पार्टीमा थिए ।

बिक कानुन उल्लंघन गरेर ध्वंस मच्चाएको र चन्दा असुली गरेका कारण वान्टेड भएकोले पक्राउ गरिएको गृहमन्त्री थापाले बताए । कुनैसमयका आफ्नै सहकर्मीहरूले नेतृत्व गरेको पार्टीसँग संसदबाट आव्हान गर्नु बाहेक वार्ताका विषयमा ठोस काम नभएको उनले बताए । 'वार्ताका लागि खुला नै छौं । प्रशासनिक रूपमा पनि हामी अगाडि बढ्छौं । कानुन विपरित चल्ने जो सुकै होस समातिन्छन, कारवाही हुन्छ,' गृहमन्त्री थापाले भने । उनले हालै काठमाडौंमा अपहरणकारीको मुठभेडमै मृत्यु भएको र 'फेक इन्काउटर' भनेर हल्ला फैलाएको बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?