कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रेस स्वतन्त्रतासंग बाझिएका फौजदारी संहिताका प्रावधान सच्याउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले मुलुकी (फौजदारी) संहिता र मुलुकी (देवानी) संहिताका प्रावधानहरुलाई सच्याउन माग गरेको छ ।

प्रेस स्वतन्त्रतासंग बाझिएका फौजदारी संहिताका प्रावधान सच्याउन माग

महासंघको हालै बसेको केन्द्रीय समितिको बैठकले ति संहिताहरुको केही प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले भन्दै त्ययसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन माग गरेको हो ।


महासंघको यही साउन २३ र २४ गते लुम्बिनीमा बसेको बैठकले गरेका १३ वटा निर्णयहरु गरेका छन् ।


यस्ता छन् निर्णयहरु :


१.प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाहरुका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरियो ।


२. मिडियासम्बन्धी कानूनहरुलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुसँग जोडदार माग गरिएको छ । संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चारमाध्यमका लागि विशेष संरक्षण कानून निर्माणमा महासंघ ध्यानाकर्षण गराउँछ ।


३. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागु गर्न माग गरिएको छ ।


४. न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्न महासंघ जोडदार माग गर्दछ ।


५. सरकारी सञ्चार माध्यमसहित विभिन्न सञ्चार माध्यमबाट निष्कासित/नवीकरण नगरिएका पत्रकारहरुलाई तत्काल पुनर्वहालीको लागि दबावमूलक ढंगले पहल गर्ने निर्णय गरिएको छ ।

६. मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन माग गरिएको छ ।


७. विगत एक वर्ष भित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटनामा ९० पत्रकार तथा सञ्चार संस्थाहरु पीडित भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका घटनाहरुलाई न्यूनिकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारवाही गर्न माग गरिएको छ ।


८. पत्रकारहरुका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट सहित पत्रकारको स्वास्थ्य बिमा र सबै खाले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा तत्काल लागु गर्न बैठक सरकारसँग माग गर्दछ ।


९. आगामी भदौ १ देखि मंसिर १५ सम्म नेपाल पत्रकार महासंघको शाखाहरुको साधारण सभा सम्पन्न गर्ने निर्णय गरिएको छ ।


१०. पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।


११. ज्येष्ठ तथा अपांगता भएका पत्रकारहरुको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने निर्णय गरिएको छ ।


१२. साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहल लिने निर्णय गरेको छ ।


१३. नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुद्ध जन्मभूमी लुम्बिनीमा आयोजना गर्न संयोजन तथा सहयोग गर्ने नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला शाखाका साथै प्रदेश नं ५ समिति लगायत सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।


प्रकाशित : श्रावण २५, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?