१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

'फेक इन्काउन्टर' हल्ला मात्रै हो, निसान हत्यामा संलग्न मुठभेठमै मारिएका हुन्ः गृहमन्त्री

कान्तिपुर संवाददाता

चितवन — भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । बिहीबार चितवन पुगेका गृहमन्त्री थापाले 'फेक इन्काउन्टर' भनेर चलाइएको 'हल्ला', हल्ला मात्रै भएको बताए । गृह मन्त्रालयमा प्राप्त सूचना अनुसार उक्त घटना मुठभेडबाटै भएको उनको दाबी छ । उनले भने, 'फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।'

'फेक इन्काउन्टर' हल्ला मात्रै हो, निसान हत्यामा संलग्न मुठभेठमै मारिएका हुन्ः गृहमन्त्री

राजधानीमा गत आइतबार पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो ।


अपहरणकारीले गत आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेका थिए । सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।


यस्तै गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको बताए । अपराध कम भएको र दोषी पनि तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको जानकारी गराए ।

प्रकाशित : श्रावण २५, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?