अविलम्ब संविधान संशोधन गर्न आदिवासी जनजातिको माग

१३ बुँदे घोषणापत्र जारी
कान्तिपुर संवाददाता

काठमाडौँ — आदिवासी जनजातिले अविलम्ब संविधान संशोधन गरी आफ्ना मुद्दा संवोधन गर्न माग गरेका छन् । २४औं विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित दुई दिने ‘आदिवासी जनजाति बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन’ पछि १३ बुँदे घोषणापत्र जारी गरेर उक्त माग गरेका हुन् ।  

‘आदिवासी जनजाति आन्दोलनले स्थापित गरेको मुलभुत मुद्दाहरुलाई संविधान संशोधनमार्फत संवोधन नगरिए देश द्वन्द्वमा फस्ने र शान्ति, समृद्धि संभव नहुने प्रष्ट पार्दछौं,’ घोपाणपत्रको पहिलो बुँदामा छ ।

Yamaha

महासंघले राज्य पुन:संरचना पहिचानका पाँच आधार विपरीत रहेको र सात प्रदेशको संरचना स्विकार्य नरहेको भनेको छ । प्रदेशको संख्या बढाएर १० पुर्‍याइनु पर्ने र नामांकन ऐतिहासिक सभ्यता र पहिचानको आधारमा हुनुपर्ने भनेको छ । जसमा थरुहट, लिम्बुवान, किरात, ताम्सालिङ, तमुवान, नेवा:, मगरात, शेर्पा, वल्लोकिरात, कोच जस्ता शब्दलाई आधार मानिनु पर्ने उल्लेख छ । सरकारी कामकाजको भाषामा स्थानीय भाषाहरुसमेत तोकिनु पर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व, आईएलओ १६९ अनुसार संघ, प्रदेश र स्थानीय तहको ऐन, कानुन, नीति तथा कार्यक्रमहरु बन्नु पर्ने उल्लेख छ ।
घोषणापत्रको पूर्णपाठ:

प्रकाशित : श्रावण २५, २०७५ १५:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विमान अपहरण बारे दुर्गा सुवेदीको आत्मकथा सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा ०३० सालकाे विमान अपहरणबारे अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’ मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु छन् ।

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन्। पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‌याउन राष्ट्रबैंकको ३० लाख भारतीय रुपैया लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए। त्यसवापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेल जीवन बिताएका सुवेदीतत्कालीनमाओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधारसमेत बनेका थिए।

'बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा– मसँग पैसा थिएन अनि हवाइजहाज अपहरणको विचार आयो। म विस्तारमा भनुँ कि नभनुँ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके’ लेखेका थिए,' सुवेदीले भने, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु।’

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन्। कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन्। साथै आफ्नी पत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले ल्याएकाे प्रस्ताव बारे पनि पुस्तकमा वर्णनगरिएकाे छ।

‘विमान विद्रोह’ को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो। ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालले भनिन्, ‘यो पुस्तकले पाठकहरुलाई इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ।’

प्रकाशित : श्रावण २५, २०७५ १५:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT