कान्तिपुरकर्मी बुढाऐरलाई मातृशोक

कान्तिपुर संवाददाता

धनगढी — कान्तिपुर पब्लिकेसन्सको प्रदेश नम्बर ७ धनगढी ब्यूरोमा कार्यरत संवाददाता मोहन बुढाऐरलाई मातृशोक परेको छ । 

संवाददाता बुढाऐरकी आमा धनादेवी बुढाऐरको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । लामो समयदेखि पक्षधात रोगबाट पीडित रहेकी बुढाऐरका ३ छोरा र ३ छोरी छन् ।

Yamaha


प्रकाशित : श्रावण २५, २०७५ १६:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भन्सार छलीका सामान बरामद

अर्जुन शाह

धनगढी — धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणको टोलीले भन्सार छली गरेर ल्याइदै गरेका ४ लाख बराबरका सामान बरामद गरेको छ ।

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–१० घुइ्याघाट सालघारीबाट धनगढीतर्फ अवैध रुपमा पैठारी हुन लागेका करिब ४ लाखका हार्डवेयरका सामग्रीहरुबरामदगरेको शसस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले बताए।

सीमा पारिका भारतीय नागरिकले ती सामग्रीहरु घुइ्याघाट सालघारीस्थित नेपालीको घर पछाडि ओसार्दै गरेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो। समान ओसार्ने ब्यक्ति भने भागेको प्रहरीले जनाएको छ।

प्रदेश ७ को मुख्य भन्सार नाका धनगढीको त्रिनगरबाट दैनिक औसत १० देखि १५ करोड बढीको व्यापारिक सामान राजश्व छलेर भित्रिने गरेको अनुमान छ। सुरक्षाकर्मी, भन्सार कर्मचारी र ब्यापारीहरुको सेटिङमा भन्सार राजश्वमा छली हुने गरेको आरोप लाग्दै आएको छ। अवैध पैठारीबाट दैनिक झण्डै ३० लाख हाराहारीमा राजश्व गुमिरहेको छ।

प्रदेशकै मुख्य ब्यापारिक केन्द्र सबैजसो सामान धनगढीमा पाइन्छ। तर बैधानिक रुपमा आयात हुने सामानको परिमाण भने न्यून छ। जिल्लाका बिभिन्न नाकाबाट राजश्व छलेर सामान ल्याउने गरे पनि लेखाजोखा नभएको भन्सार कर्मचारी नै बताउँदै आएका छन्।

भन्सार प्रशासनका अनुसार कपडाको राजश्व संकलन न्यून छ। निमित्त प्रमुख गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढीका एक ब्यापारीले मात्रै फाट्टफुट्ट कपडा ल्याउँछन्, अरु सबै अवैध तरिकाले आएको हो।’ खुला सीमाना भएकाले भन्सार प्रशासनले नियन्त्रण गर्न नसक्ने उप्रेतीले बताए।

चोरी पैठारी भएर बजारमा आउने सामग्री नियन्त्रण गर्न सम्बन्धित सबै पक्ष सक्रिय र जिम्मेवार हुनुपर्ने उप्रेतीले बताए।

प्रकाशित : श्रावण २५, २०७५ १६:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्