२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा लैजानुपर्छ : महरा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सकारात्मक चिन्तनमार्फत् राजनीतिज्ञले समाजलाई सत्मार्गमा लैजानुपर्ने बताएका छन् । 

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा लैजानुपर्छ : महरा

शुक्रबार काठमाडौंमा आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक प्रवचन कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन् । सभामुख महराले आफूले प्राप्त गरेका सकारात्मक ज्ञानलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने बताए । 'राजनीतिज्ञहरु जड हुनुहुँदैन, सबैखाले विचारहरुलाई ग्रहण गर्नुपर्दछ’ उनले भने, ‘सकारात्मक चीजलाई ग्रहण गर्दै समाजमा स्थापित गर्ने र नकारात्मक पक्षलाई हटाउने आँट गर्नुपर्दछ ।’


आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको भन्दै उनले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिए


कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव, ओम शान्ति रिट्रिटका निर्देशक ब्रह्माकुमारी आशा दिदीलगायतले बोलेका थिए । कार्यक्रममा संघीय संसद् तथा प्रदेश सभाका सांसदहरु तथा राजनीतिक दलका नेताहरु सहभागी थिए ।

प्रकाशित : श्रावण २५, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?