२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार प्रमुखको ध्यानाकर्षण गराइएको छ ।

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार निवासमा भेट गरी ‘राष्ट्रिय विभूति’ घोषणाको माग राखेको हो ।


प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउन्डेशनकी अध्यक्ष सुष्मा राईले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । योद्धा राईलाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने आधारसहित सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने आश्वासन दिएका थिए । ‘तपाईंहरुले बडो महत्वको विषय उठाउनु भएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ ।’ टोलीमा संघीय संसद्‌का सांसद विशाल भट्टराईलगायत इतिहासविद्, साहित्यकारको उपस्थिति रहेको थियो ।


रामप्रसादको चिनारी

रामप्रसाद राईको जन्म १९६५ फागुन १८ गते माझकिरात भोजपुरको बासिखोरामा भएको थियो । उनी जमदार ध्वजवीर राई र रत्नमायाका कान्छो छोरा थिए । उनी १९७८ सालमा ब्रिटिस–इन्डिया आर्मीमा भर्ती भएका थिए । नौ वर्ष सेवापछि नाम काटिएर स्वदेश फर्किएका थिए । त्यसलगत्तै नेपाली सेना मिलिसियाका सुबेदार जेठा दाजु जनसिंह राईका साथ लागेर राजधानी काठमाडौं छिरेका थिए ।


उतिखेर टुाडिखेलमा घोडेजात्रा चलिरहेको थियो । अचानक एउटा घोडा उम्केर जताततै दौडियो । रामप्रसादले त्यो घोडा नियन्त्रणमा लिएर एकफन्को टुाडिखेल घुमाए । तत्कालीन प्रधानमन्त्री भीमशमशेरले ‘बिनाबर्दीको त्यो को हो ? यहाा ल्याऊ’ भनेर अराए । ‘तिमी को हौ ?’ भनेर सोध्दा ‘म माझकिरातको भूपू सेना रामप्रसाद राई हुा’ भनेर परिचय दिए । ‘लौ तिमी सुबेदारको जागिर खाऊ’ भनेर ठाडो आदेशमा नेपाली सेनामा जागिर सुरु गरे । भीमशमशेरको निधनपछिका प्रधानमन्त्री जुद्धशमशेर कालमा उनी ओखलढुंगा र खोटाङका बिजन दर्ता अधिकारी भए । भोजपुरको सहायक बडाहाकिम, छोटी हुलाकको लप्टन हुादै बडाहाकिम बने । राणाविरोधी राजनीतिक गतिविधिमा संलग्न रहेको सुइाको पाएपछि २००६ सालमा जागिर खोसियो ।


सुरुमा नेपाल प्रजा परिषदमा संलग्न रामप्रसादपछि कांग्रेसमा संगठित भएर बैरगनिया सम्मेलनमा सहभागी थिए । उनी विचार दृष्टिले कम्युनिस्ट पार्टी निकट थिए । जनमुक्ति सेनाका कमान्डर उनले भोजपुरलगायत पूर्व २, ३ र ४ नम्बर प्रशासनिक क्षेत्र कब्जा गरे । दिल्ली सम्झौताको प्रखर विरोधी उनलाई सिंहदरबार विऽोह (२००८) का नायकका रूपमा लिइन्छ । सिंहदरबार विऽोह असफल भएपछि रामप्रसाद राई र डा. केआई सिंह उपत्यकाबाट भागेर तिब्बततर्फ लागे । त्यस क्रममा षडयन्त्रपूर्वक रामप्रसाद मारिए कि लेक लागेर मृत्युवरण गरे भन्नेमा एकमत छैन । प्रजातान्त्रिक योद्धा उनलाई मुलुकको पहिलो बेपत्ता नागरिकका रूपमा लिने गरिन्छ । सरकारले २०५५ सालमा ७५ पैसा मूल्यको ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राई १९६५–२००८’ हुलाक टिकट प्रकाशन गरेको छ ।

प्रकाशित : श्रावण २५, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?