१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साहित्यकार यज्ञनिधिको निधन

रासस

काठमाडौँ — साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा निधन भएको हो । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए ।

साहित्यकार यज्ञनिधिको निधन

उनको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।


चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।


खोटाङमा जन्मिएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । हाल रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौ’ कार्यक्रम चलाउँदै आएका थिए । दाहाल यज्ञनिधिका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्यलगायत पुस्तक प्रकाशित छन् ।

प्रकाशित : श्रावण २५, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?