समाचार
श्रावण २६, २०७५

प्रदेश सरकारलाई अर्को झट्का, सचिव हेरफेर अधिकार केन्द्रमै

केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ । कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका कर्मचारीको मात्रै सरुवा अधिकार दिने निर्णय गरेको हो ।

हटलाइनबाट उर्जामन्त्री पुनलाई गुनासैगुनासा : ‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ’

सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको ।

जनप्रतिनिधि कर बढाउँदै विलासितामा लागेको भट्टराईको आरोप

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो तहसम्म पुगेको आरोप लगाएका छन् ।

ADVERTISEMENT

आधा दशकको उल्झन

लक्ष्मी चलचित्र मन्दिरदेखि उत्तरतर्फको ५० मिटरजति सडकखण्ड करिब दशकअघि कालोपत्रे भइसक्नुपर्ने हो । तर, ग्राभेलसम्म भएको छैन । प्रमुख कारण हो, गुरुयोजनाअनुसार सडकमा परेको क्षेत्र जग्गाधनीले दिन नमान्नु । 

दीगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख

सभामुख कृष्णबहादुर महराले दीगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय सभा गृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ उद्घाटन गर्दै उनले ‘दीगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन् ।

सहमति कार्यान्वयन नभए पुनः अनशनमा बस्ने डा‍.केसीको चेतावनी

डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीलाई सरकारले आफूसँग १६ दिनअघि गरेको ९ बुँदे सहमति कार्यान्वयन नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

ADVERTISEMENT

प्रधानमन्त्री ओली र डा. केसीबीच वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच भेटवार्ता भइरहेको छ । १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा डा. केसीले प्रधानमन्त्री ओलीसँग वार्ता गर्न लागेका हुन् ।

करै करले संघीयता कार्यन्वयन अप्ठ्यारोमा पर्छ : दाहाल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले करै कर थुपार्न थालियो भने संघीयता कार्यन्वयनमा अप्ठ्यारोमा पर्ने बताएका छन् ।

फुटसलमा धेरै घाइते हुने ‘विकेन्ड वारियर्स’

फुटसलको प्राविधिक पक्ष र तीब्रताबारे थाहा नभई सिधै मैदानमा उत्रिँदा घाइते हुनेको संख्या बढेको छ । सानो स्थानमा बढीमा ७/७ जनाको टिम बनाएर खेलिने यो ‘क्लोज कन्ट्याक्ट’ खेलमा तीब्रता यति बढी हुन्छ कि शरीरको कुनै पनि भागमा चोट लाग्न सक्ने सम्बद्ध चिकित्सकहरू बताउँछन् ।

मन्ट्रियल महासन्धि अनुमोदन गरिने

नेपालले अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी मन्ट्रियल महासन्धि अनुमोदन गर्ने भएको छ । अनुमोदनपछि नेपाल महासन्धिको सदस्य मुलुक हुनेछ । मन्त्रिपरिषद्ले यसै साता ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ मा नेपाल सम्मिलित हुने निर्णय गरेको थियो ।

बादीको व्यथा

कुनै बेला थलाराका रंगे बादी माटाका भाँडाकुँडा बनाएर अन्नपातसँग साट्थे । त्यसरी आएको अन्न ७ जनाको परिवारले खाएर पनि बढी हुन्थ्यो । बचेको अन्न उनी बिक्री गर्थे । बझाङका थलारा र चैनपुरका करिब ४० परिवार बादीको जीविकामा यो व्यवसायले राम्रै भरथेग गरेको थियो तर अहिले उनीहरूको पुख्र्यौली पेसा लोप भइसकेको छ ।

ADVERTISEMENT

फुटबल र फुटसलको भिन्नता

फुटबल र फुटसल खेल्ने प्रकृति उस्तै भए पनि यसका नियम, खेल्ने मैदान र खेलाडी संख्या फरक छन् । फुटबलमा प्रत्येक टोलीमा ११ खेलाडी हुन्छन् भने फुटसलमा ५–५ खेलाडी सम्मिलित टोली हुन्छन् ।

मोफसलमा पनि फुटसल खचाखच

टेलिभिजनमा अन्तर्राष्ट्रिय फुटसल लिग आउँदा पोखरा शीतलदेवीका निरज गुरुङ चासो दिएर हेर्थे । कार्पेटमाथि पाँच/पाँच खेलाडीबीचको प्रतिस्पर्धा उनलाई रोचक लाग्थ्यो । काठमाडौंमा भित्रिसके पनि पोखरामा फुटसल कोर्ट थिएन ।

फुटबल क्रेज फुटसलमा

मुलुकमा फुटसल भित्रिएको बल्ल ७ वर्ष पुग्दैछ । राजधानीमा खुला ठाउँ खुम्चिएसँगै यसको दायरा भने पत्याइनसक्नु फराकिलो बन्दै गएको छ । हरेक उमेर र समूहका लागि अनुकूल मानिने यो खेल आर्थिक हिसाबले पनि खासै महँगो छैन ।

करबाटै कार

सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका लागि १५ वटा मोटरसाइकल किनेका छन् ।