करै करले संघीयता कार्यन्वयन अप्ठ्यारोमा पर्छ : दाहाल 

रमेशकुमार पौडेल

चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले करै कर थुपार्न थालियो भने संघीयता कार्यन्वयनमा अप्ठ्यारोमा पर्ने बताएका छन् ।

करै करले संघीयता कार्यन्वयन अप्ठ्यारोमा पर्छ : दाहाल 

शनिबार बिहान गृह जिल्ला चितवन आएका दाहालले भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कर उठाउने शैलीका कारण देश बाइसे चौविसे राज्यको अवस्थामा पुगेको धारणा राखे ।


‘संघीयता जनतालाई सुविधा दिने, विकासलाई गति दिने, अधिकारलाई तलसम्म पुर्‍याउने अवधारणाले ल्याएको हो । तर कता कता अहिलेको काम कारवाही हेर्दा व्यवसायी र जनताको पनि प्रश्न सुन्दा अर्कै हुन थालेको झैं लाग्छ,’ उनले भने, ‘अब स्थानीय कर, प्रादेशिक कर र केन्द्रीय कर भनेर करै कर थुपार्न तिर थालियो भने संघीयता कार्यन्वयनमा अप्ठ्यारो पर्छ ।’


करै करको कारण बाइसे चौबिसे राज्य बिलुप्त भएको र पृथ्वीनारायण शाहले केन्द्रिकृत राज्य बनाउने अवसर पाएको भन्दै उनले अहिलेको स्थानीय, प्रादेशिक र संघीय सरकार भनेको बाइसे चौबिसे राज्य झैं नभएको बताए । ‘बाइसे चौबिसे राज्य झैं बनाउन खोज्ने, यसलाई अलोकप्रिय बनाउने प्रयास कतैबाट भैराख्या त छैन भनेर मैले बोली पनि सके,’ अध्यक्ष दाहालले भने, ‘त्यो बेला प्रत्येक जिल्लामा जहाँ सुकै राजा हुन्थे, सबैलाई कर तिर्दा जनता वाक्क भएको फाइदा उठाएर पृथ्वीनारायण शाहले केन्द्रिकृत सामन्ती राज्य बनाएका हुन् । हामीले त्यसो गर्न खोजेको हैन । संघीयताको अभ्यास जनतालाई सुविधा दिन र समुन्नत नेपाल बनाउन सुरु भएको हो ।’

प्रकाशित : श्रावण २६, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?