प्रधानमन्त्री ओली र डा. केसीबीच वार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच भेटवार्ता भइरहेको छ । १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा डा. केसीले प्रधानमन्त्री ओलीसँग वार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली र डा. केसीबीच वार्ता

शनिबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा केसी र ओलीबीच भेटवार्ता सुरु भएकाे छ । यसअघि प्रधानमन्त्री अाेली र डा. केसीबीच वान टू वान वार्ता हुने भनिए पनि प्रधानमन्त्रीकाे ब्यस्तताका कारण हुन सकेन ।

स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनशा जुम्लाबाट सुरु गरेका थिए ।



काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले साउन ९ गते राति अनशन तोडेका थिए ।

प्रकाशित : श्रावण २६, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?