कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कांग्रेस नेता राणाको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका पुराना नेता भरत शमशेर राणाको ९० वर्षको उमेरमा शनिबार विहान कलकत्तास्थित घरमा निधन भएको छ ।

कांग्रेस नेता राणाको निधन

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


उनका परिवारका सदस्य नेपाल कांग्रेसका युवा नेता उदय शमशेर राणाका अनुसार उनी शक्रबार रातिसम्म सक्रिय रहेको र खाना खाएर सुतेका थिए ।


राणा पहिलो संसद (२०१५ साल)मा प्रमुख प्रतिपक्षी नेता थिए । उनी प्रतिनिधिसभा धादिङ निर्वाचन क्षेत्रबाट निर्वाचित थिए ।


गार्खा परिषद्का महामन्त्री समेत रहेका राणाले राजा महेन्द्रको ०१७ सालको पुस १ गतेको कदमपछि आफ्नो पार्टीलाई निशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए । त्यसपछि उनी भारतमा प्रवास गए ।


कलकत्तामा रहदा उनले थुप्रै बंगाली चलचित्रहरु पनि निर्माण गरेका थिए ।

प्रकाशित : श्रावण २६, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?