३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका : प्रधानमन्त्री 

प्रधानमन्त्रीसँग नेपाल मिडिया सोसाइटीको नव–निर्वाचित समितिको भेट
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव–निर्वाचित कार्यसमितिसँग आइतबार आज प्रधानमनत्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका : प्रधानमन्त्री 

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने दाबी गरेका थिए ।


माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीले मिडिया सोसाइटीका पदाधिकारीहरुलाई प्रश्न गरेका थिए, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’


नेकपा लोकतन्त्रको जन्मदाता भएको बताउँदै उनले यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुराको कल्पनासम्म गर्न नमिल्ने बताएका थिए ।


प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने पनि बताएका थिए । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ,’ उनले भने ।


प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । भेटमा साेसाइटीका निवर्तमान अध्यक्ष तथा कान्तिपुर पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया लगायत पूर्व सदस्यहरुको पनि उपस्थिति थियो ।


प्रकाशित : श्रावण २७, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?