कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जीप दुर्घटनामा बालकको मृत्यु, चार घाइते 

माधव अर्याल

पाल्पा — तानसेनको व्यस्त बजारमा ब्रेक फेल भएको जीपले ठक्कर दिदा बगनासकाली गाउँपालिका–३ नायरनमतलेसका ११ महिने बालक निशान बस्यालको मृत्यु भएको छ ।

जीप दुर्घटनामा बालकको मृत्यु, चार घाइते 

ज १ च ६७८४ नम्बरको जीपले हुलाक मोडबाट बसपार्क जान लाग्दा ओरालोमा ठक्कर दिएको हो ।


जीपको ठक्करबाट तानसेन नगरपालिका–२ बडिज्ञानटोलमा यात्रा गरेका चार पैदलयात्रुसमेत घाइते भएका छन् ।


घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका ५ वर्षीय निसान बस्याल, २६ वर्षीया लक्ष्मी बस्याल, नवलपरासी सुनवलका ५२ वर्षीय रामजी चौधरी, तानसेन–६ की ४८ वर्षीया कमला पाण्डे रहेको प्रहरीले जनाएको छ ।


ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । जीप चालक कमलबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


घाइते सबैको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपको ठक्करबाट ६ वटा मोटरसाइकल र स्कुटीमा क्षति पुगेको छ ।


बा ८९ प ३११२, लु २० प ५७९४, बा ३२ प २०६४, लु ३८ प ९०८२, लु २८ प ३७१४, लु २३ प ७७१६ नम्बरका मोटरसाइकल र स्कुटीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?