२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारी चलाउन रोक 

जोगबुढा नदी किनारका वस्ती जोखिममा
भवानी भट्ट

कञ्चनपुर — लगातारको वर्षापछि कञ्चनपुरको माहाकाली नगरपालिका–१० का विभिन्न टोलहरुमा बाढी पस्ने खतरा बढेको छ । यस्तै महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।

महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारी चलाउन रोक 

आइतबार ११ बजेदेखि पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक पुगेको छ । भारतिय पक्षले नदीमा पानीको बहाव १ लाख नाघ्ने बितिक्कै जोखिम हुन सक्ने भन्दै ठुला सवारी साधनको आवागमनमा रोक लगाउँदै आएको छ ।



महाकाली नदीमा आएको बाढीले जोगबुढा र अन्य स–साना नालाहरुको बहाव रोकिँदा नदी किनारका बस्तीहरु बाढीको जोखिममा परेका हुन् ।


दुई नदीको दोभानका बस्तीमा बाढी पस्न थालेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार वडा नं. १० का महाकाली र जोगबुढाको दोभान कुतियाकवर, शान्ति टोल, गुरुंग टोल र गिरी टोल बाढीको जोखिममा छन् । उनले शान्ति टोलमा एक घरभित्र पानी पसेपछि उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए ।



प्रकाशित : श्रावण २७, २०७५ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?