विराटनगर महानगरमा बम बिस्फोट, ८ जना नियन्त्रणमा [अपडेट]

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विस्फोट भएको हो । बिस्फोटमा कुनै मानवीय क्षति भएको छैन ।

बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्कीलगायत केही वडाध्यक्ष उपस्थित थिए।

Yamaha

विस्फोटको घोर भर्त्सना गर्दै मेयर पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरुले विस्फोट गराएको हुनसक्ने बताए।आफूलाई कुनैपनि पक्षबाट धम्की नआएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्नेलाई लक्षित गरी विस्फोट गराउनु घोर निन्दनीय भएको बताए। विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अहिले महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसिरहेको छ।

यसैबीच विस्फोट नेत्रविक्रम चन्द समूहका माओवादी कार्यकर्ताले गराएको आशंका गरिएको छ। २९ गते नेपाल बन्दलाई सफल पार्न आइतबार र सोमबार उनीहरुको प्रचारात्मक कार्यक्रम रहेकाले यो विष्फोट उनीहरुले नै गरेको आशंका गरिएको छ।

तर यसलाई मोरङ प्रहरीले आधिकारीक रुपमा पुष्टी गरेको छैन। विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ८जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए। तर उनीहरुको नाम सार्वजनीक गरिएको छैन।

Esewa Pasal

प्रकाशित : श्रावण २७, २०७५ १४:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारी चलाउन रोक 

जोगबुढा नदी किनारका वस्ती जोखिममा
भवानी भट्ट

कञ्चनपुर — लगातारको वर्षापछि कञ्चनपुरको माहाकाली नगरपालिका–१० का विभिन्न टोलहरुमा बाढी पस्ने खतरा बढेको छ । यस्तै महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।

फाइल तस्बिर

आइतबार ११ बजेदेखि पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक पुगेको छ। भारतिय पक्षले नदीमा पानीको बहाव १ लाख नाघ्ने बितिक्कै जोखिम हुन सक्ने भन्दै ठुला सवारी साधनको आवागमनमा रोक लगाउँदै आएको छ।


महाकाली नदीमा आएको बाढीले जोगबुढा र अन्य स–साना नालाहरुको बहाव रोकिँदा नदी किनारका बस्तीहरु बाढीको जोखिममा परेका हुन्।

दुई नदीको दोभानका बस्तीमा बाढी पस्न थालेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए। उनका अनुसार वडा नं. १० का महाकाली र जोगबुढाको दोभान कुतियाकवर, शान्ति टोल, गुरुंग टोल र गिरी टोल बाढीको जोखिममा छन्। उनले शान्ति टोलमा एक घरभित्र पानी पसेपछि उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए।


प्रकाशित : श्रावण २७, २०७५ १४:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT