फोनिजले स्थापना दिवस मनायो, चार पत्रकार पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आइतबार १९औं स्थापना दिवस मनाएको छ । 

फोनिजले स्थापना दिवस मनायो, चार पत्रकार पुरस्कृत

काठमाडौंमा आइतबार आयोजित समारोहमा पत्रकारलाई पुरस्कार वितरणलगायत कार्यक्रम गरी फोनिजले स्थापना दिवस मनाएको हो । उक्त अवसरमा ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट चार पत्रकार पुरस्कृत भए ।


पुरस्कृत हुनेमा पत्रकार उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) छन् । उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार राशि जनही ४० हजार रुपैयाँ रहेको छ ।


कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रको समग्र विकासमा सरकार लागिरहेको बताए । उनले निर्बाध रुपमा पत्रकारिता गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामा सरकारले काँडेतार नलगाउने प्रस्टिकरण दिए । स्वतन्त्रताको नाममा केही मिडियाले विषयवस्तु बंग्याएर 'ट्वीस्ट जर्नालिजम्' गरेकोमा आपत्ति जनाउँदै उनले स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।


सरकारी सबै सञ्चारमाध्यम समावेशी रहेको दाबी गर्दै मन्त्री बाँस्कोटाले निजी समाचारमाध्यममा समावेशी हुन नसकेको बताए ।

प्रकाशित : श्रावण २७, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?