कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विराटनगर बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

अवधेशकुमार झा

राजविराज — प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । 

विराटनगर बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरी बिस्फोट आफूहरुले गराएको दाबी गरेका हुन् । उनले आफ्नो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन तथा बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको निरन्तरता भएकाले त्यसको विरोधमा विस्फोट गराएको बताए ।


गोइतले आफूहरु हतियार र बिस्फोटबाट नै तराईलाई मुक्त गर्ने अभियानमा रहेको बताए ।

प्रकाशित : श्रावण २७, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?