२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेकपाका प्रवक्ता विश्वकर्माका छोराले दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।

नेकपाका प्रवक्ता विश्वकर्माका छोराले दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । नरेन्द्रले विश्वकर्मासहित नेकपाका नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको दाबी गरेका हुन् । मनबहादुर खड्ग बहादुरका सवारीचालक हुन् ।


प्रहरीले आफ्ना बाबुलाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्रीको आदेशमा आफ्ना बाबुलाई पक्राउ गरिएको निवेदकको दाबबी छ ।

प्रकाशित : श्रावण २७, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?