कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुनै काँडाले कोर्दैन प्रेस स्वतन्त्रता : सञ्चारमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भदौ १ देखि लागू हुने फौजदारी संहिता र देवानी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित नबनाउने दाबी गरेका छन् ।

कुनै काँडाले कोर्दैन प्रेस स्वतन्त्रता : सञ्चारमन्त्री

गतवर्ष जारी उक्त संहिता आउँदो भदौ १ देखि लागू हुने र त्यसले प्रेस स्वतन्त्रता कुण्ठित तुल्याउने भन्दै चौतर्फी विरोध भएपछि मन्त्री बाँस्कोटाले उक्त अभिव्यक्ति दिएका हुन् ।


‘सबै कानुन जननिर्वाचित संसद्बाटै पारित हुने हो, पारित हुने धेरै चरण छन्,’ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औं वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै बाँस्कोटाले भने, ‘नेकपा हिटलरले बनाएको पार्टी होइन, पुष्पलाल र मदन भण्डारीले निर्माण गरेका हुन् । जनताको स्वतन्त्रताका लागि लामो राजनीतिक संघर्ष गरेर स्थापित पार्टी हो ।’


‘सरकारले लोकतन्त्रको रक्षा गर्ने हो,’ आरोप र शंकाको ओखती नहुने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले भने, ‘कुनै काँडाले कोर्दैन प्रेस स्वतन्त्रता, ढुक्क हुनोस् । हाम्रो नेतृत्वमा १४ वर्ष जेल बसेका प्रधानमन्त्री र १४ वर्ष वनबास बसेका पार्टी अध्यक्ष हुनुहुन्छ ।’ कानुनले कडाइका साथ अनलाइन र सामाजिक सञ्जालमा छाडापन रोक्ने उनले उल्लेख गरे । उनले अनलाइनलाई मूलधारको सञ्चारमाध्यमको अंग बनाएर लगिने पनि बताए ।

प्रकाशित : श्रावण २७, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?