२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
समाचार

News

सिक्टा सिँचाइ : नहर भत्किएपछि अख्तियारद्वारा छानबिन

सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा दुई पटक भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौंबाट आएको अख्तियार टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण गरेको हो ।

सिक्टा सिँचाइ : नहर भत्किएपछि अख्तियारद्वारा छानबिन

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई !

सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ ।

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई !

जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

सडकले छोएका स्थानीय तहका जनप्रतिनिधि गाडी चढ्छन् । नपुगेका ठाउँका भने हेलिकप्टर चढेरै सदरमुकाम आउजाउ गर्छन् । निर्वाचित हुनुपूर्व पैदल आवतजावत गर्ने जनप्रतिनिधि अचेल हेलिकप्टरबाटै गाउँ–सदरमुकाम आउजाउ गर्न थालेका हुन् । ‘आफ्नै खर्च’ मा हेलिकप्टर चढेको उनीहरूको दाबी छ ।

जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर

१६ वर्षदेखि श्रीमान्‌काे पर्खाइमा (भिडियाेसहित)

‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ 

१६ वर्षदेखि श्रीमान्‌काे पर्खाइमा (भिडियाेसहित)

भालुले लुछेपछि ...

रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुम गाउँका कैलाश पुन भालुको आक्रमणबाट गम्भीर घाइते छन् । उनको काठमाडौं कुलेश्वरस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ ।

भालुले लुछेपछि ...

उर्लियो मर्स्याङ्दी

हिमाल भएर आउने मर्स्याङ्दी नदीको बढ्दाे जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् । मनाङबाट लमजुङ हुँदै तनहुँ भएर मर्स्याङ्दी नदी मुग्लिनमा पुगेपछि त्रिशुलीसँग मिसिन्छ ।

उर्लियो मर्स्याङ्दी

सरकारको ५ महिने प्रगति : सिण्डिकेटको खारेजीदेखि वाइड बडी विमान अवतरणसम्म

देखिने गरी सुधार गर्न नसकेको भन्दै अलोचना भइरहेको बेला सरकारले आफ्नो पाँच महिने उपलब्धि पुस्तिका सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरेको हो ।

सरकारको ५ महिने प्रगति : सिण्डिकेटको खारेजीदेखि वाइड बडी विमान अवतरणसम्म

प्रहरी हत्या प्रकरणः राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

प्रहरी हत्या प्रकरणः राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

सामान्य प्रशासनका उपसचिवमाथि आक्रमण प्रयास 

तत्कालिन नेकपा एमाले निकटको नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषी आचार्यमाथि हातपात प्रयास गरेका छन् ।

सामान्य प्रशासनका उपसचिवमाथि आक्रमण प्रयास 

औद्योगिक क्षेत्र जलमग्न

लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । 

औद्योगिक क्षेत्र जलमग्न

प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले अझै पक्राउ गरेको थिएन । 

प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

भेरी–बबई डाइभर्सन: साढे ६ किमि सुरुङ खनियो

भेरी–बबई बहुउद्देशीय डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) ले साढे ६ किमि सुरुङ खनेको छ । सुरुङ खन्दा सबैभन्दा बढी जोखिम मानिएको तोला खोला पार भएको छ ।चुरे पहाडको तोला खोला आसपासको क्षेत्र निकै जोखिमपूर्ण मानिएको थियो ।

भेरी–बबई डाइभर्सन: साढे ६ किमि सुरुङ खनियो

नेकपाको संसदीय दल नेतामा विवाद

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको करिब तीन महिना पुग्यो । कर्णाली संसद्मा भने उक्त पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

नेकपाको संसदीय दल नेतामा विवाद

एयरपोर्टले उठिबास लगाउने डर

घर बनिसकेर बस्नुअघिको अन्तिम तयारीको काम थाल्न आएका मजदुरलाई शुक्रबार मझेरीपाटनका ताराप्रसाद अधिकारी काम गराउनु कि नगराउनु भन्ने दोधारमा थिए । ‘नेपाली सेनाको जागिरबाट जोडेको एउटा घडेरीको टुक्रा र यही घर हो,’ उनले भने, ‘त्यो पनि अब अधिग्रहणमा पर्छ भनेपछि केही सोच्नै सकेको छैन ।’

एयरपोर्टले उठिबास लगाउने डर

बढ्दै अनियमितता

साउन २१ मा पर्साको सखुवाप्रसौनी गाउँपालिकाले राजस्व सुधार कार्ययोजना बारे एकदिने कार्यशाला गोष्ठी आयोजना गर्‍यो । गोष्ठीका लागि ३ लाख रुपैयाँ छुट्याइएको थियो । साउन ७ मा सोही गाउँपालिकाले गाउँसभा सदस्यका लागि नेतृत्व विकास तथा क्षमता विकाससम्बन्धी तीनदिने तालिम आयोजन गरेको थियो ।

बढ्दै अनियमितता

जनप्रतिनिधि नै डोजर मालिक

प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष पवित्रा जीसीसित दुईवटा डोजर छन् । उनी गाउँपालिकाभित्रका विकासे काममा तिनै डोजर प्रयोग गर्छिन् । नौबहिनी गाउँपालिका–६ का वडाध्यक्ष माधवसिंह केसीले गत आर्थिक वर्षमा वडाका लागि विनियोजित बजेटबाट सडक निर्माण गर्दा आफ्नै निजी डोजर प्रयोग गरे ।

जनप्रतिनिधि नै डोजर मालिक

गाउँपालिकामा विवादै विवाद

केही दिनअघि सुनील स्मृति गाउँपालिकाको कार्यपालिका बैठक सञ्चालन भइरहँदा अध्यक्ष गुणेन्द्र घर्ती र अन्य पदाधिकारीबीच भनाभन भयो । अध्यक्षको कार्यशैली र योजना छनोट पद्धतिबारे सहभागीबीच लामो बहस भयो ।

गाउँपालिकामा विवादै विवाद

बाढीले लमही–तुलसीपुर सडक अवरुद्ध

आइतबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण विभिन्न खोलाहरुमा बाढी आउँदा सोमबार बिहानैदेखि लमही–घोराही–तुलसीपुर सडकखण्डको यातायात प्रभावित भएको छ । ठूला गाडीहरु जोखिम मोलेर पार गरेपनि साना गाडी र मोटरसाइकल खोला पार गर्न सकिरहेका छैनन् ।

बाढीले लमही–तुलसीपुर सडक अवरुद्ध

अझै ३२० बस्ती पहिरोको जोखिममा

सरकारले भूकम्पका कारण अति प्रभावित जिल्लाका पहिरोको जोखिममा रहेका ३ सय २० बस्तीलाई अझै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकेको छैन । 

अझै ३२० बस्ती पहिरोको जोखिममा

अब नयाँ पेन्सन प्रणाली

सरकारले साउन १ देखि नियुक्त राष्ट्रसेवकहरूका लागि उनीहरूकै योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) प्रणाली लागू गर्ने भएको छ । मुलुकको ढुकुटीले धान्न नसक्ने गरी बर्सेनि बढदै गएको निवृत्तिभरणको बोझलाई दीर्घकालीन रूपमा नै कम गर्न सरकारले नयाँ पेन्सन प्रणाली लागू गर्न लागेको हो ।

अब नयाँ पेन्सन प्रणाली

मुलुकी ऐन प्रतिस्थापनः कार्यान्वयनमा नआउँदै संशोधन

मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको संहिता कार्यान्वयन हुन अब ५ दिन मात्रै बाँकी छ । भदौ १ देखि ऐन कार्यान्वयनमा आउँदै छ । तर, सरकारले यो कार्यान्वयनमा नआउँदै संशोधन गर्न लागेको छ । 

मुलुकी ऐन प्रतिस्थापनः कार्यान्वयनमा नआउँदै संशोधन

५० गुणासम्म कर बढाइयो

स्थानीय तहले ५ हजार प्रतिशतसम्म कर बढाएपछि कांग्रेसलगायत दलको नेतृत्वमा उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चितवनको रत्ननगर नगरपालिकामा कर घटाउन माग गर्दै आइतबारबाट अनशन सुरु भएको छ भने महोत्तरीको गौशाला नगरपालिकामा जनप्रतिनिधिकै अगुवाइमा बजार बन्द गराइएको छ ।

५० गुणासम्म कर बढाइयो

सिक्का पोखरी

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सभापोखरीमा वर्षौंदेखि भेटी संकलन भएको छैन । यहाँ पुजारीले पनि भेटी लिँदैनन् । पूजा गर्न पुगेकाहरूले चढाएको भेटी पोखरीमै देख्न सकिन्छ । सभापोखरी गाउँपालिकामा रहेको यो धार्मिक पोखरीको दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजन आउँछन् । भक्तजनहरूले चढाएको भेटी संकलन नहुँदा लाखौँ रुपैयाँ पोखरीमै छ ।

सिक्का पोखरी

दिल्लीमा नेपाली बिरामीको ओइरो

नेपालीका कारण दिल्लीका अस्पतालसँगै आसपासका होटल र अपार्टमेन्टसमेत भरिभराउ भएका छन् । राजीव गान्धी क्यान्सर अस्पतालभन्दा केही परको सोम बजारका अपार्टमेन्टमध्ये अधिकांश नेपालीले भरिभराउ हुने गरेका छन् । मेदान्त र अपोलो अस्पताल नजिकदेखि पहाडगन्जसम्मका होटलमा नेपाली बिरामी भेटिन्छन् । मेदान्त पछाडिको इस्लामपुरका होटलका ७० प्रतिशत कोठा नेपाली बिरामीले भरिएका छन् ।

दिल्लीमा नेपाली बिरामीको ओइरो