ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र

रासस/याेन्हाप

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ । 

काठमाडौँ महानगरपालिका– १८ ले गत जेठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो । मनोरञ्जन केन्द्रमा ज्येष्ठ नागरिकका लागि हार्मोनियम, तबला, बाँसुरी, मादललगायत बाद्ययन्त्रको व्यवस्था गरिएको छ ।

Yamaha


यस्तै काठमाडौँ महानगरपालिका– २३ मा गत आइतबार ज्येष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ ।

युवा पुस्ताको सोच र व्यवहारमा परिवर्तन गर्ने उद्देश्यले सो केन्द्र सञ्चालन गरिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने,'पाको उमेर भएका व्यक्तिलाई बोझ मान्नु हुँदैन । यो अवस्था सबैले व्यहोर्नुपर्छ ।'

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनलले आगामी दिनमा ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा तीर्थाटन गराउने योजना बनाएको बताए ।

उक्त केन्द्रमा ज्येष्ठ नागरिकलाई साँझसम्म राखेर धार्मिक तथा सामाजिक विषयमा छलफल गर्नुका साथै उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिन्छ । उक्त सेवा केन्द्रबाट दैनिक ७० जनाले सेवा लिन सक्नेछन् ।

Esewa Pasal

प्रकाशित : श्रावण २८, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

बिरामीको मृत्यु पछि अस्पतालमा तनाव

हरि गौतम

रुकुम पश्चिम — उपचारको क्रममा बिरामीको मृत्यु भएपछि राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको अस्पतालमा मृतकका आफन्तले ढुङ्गामुढा गरेका हुन ।

त्रिवेणी गाउँपालिका–९ का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मीको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका झ्यालका सिसा फुटेका छन् । २६ गते शनिबार टाउको दु:ख्ने, जिउ दु:ख्ने समस्याका कारण रावल अस्पताल भर्ना भएका थिए ।

सामान्य अवस्थामा रहेका रावलमाथि गलत सुईको प्रयोग भएको आफन्तको आरोप छ । सुई लगाएको केही छिनमै रावलको मृत्यु भएको दाबी आफन्तले गरेका छन् ।बिहान सुई लगाइसकेपछि दुध पिउँदा पिउँदै उनको मृत्यु भएको कुरुवा लक्ष्मण रावलले बताए । ‘कमलको अवस्था सामान्य नै थियो, कुरा गरिरहेका थियौं, बाहिर भित्र गरेकै थियो, सुई लाउने बित्तिकै उसलाई यस्तो भयो, अस्पताल र डाक्टरको लापरबाहीले यो सबै भएको हो,’ रावलले भने । रोग सामान्य छ, यतै ठिक हुन्छ भनेपछि अन्य अस्पताल नलगिएको उनले बताए । ‘रोग ठिक हुन्छ भन्ने ग्यारेन्टी गरेपछि हामी यतै बस्यौं, अन्तत दु:खद घटना भयो,’ रावलले भने ।

अहिले मृतकका आफन्त अस्पताल वरिपरी बसेका छन् । प्रहरी परिचालन गरिएको छ । अस्पतालले मृत्युको कारणबारे बताउनुपर्ने माग उनीहरुको छ । हिडेरै अस्पताल पुगेको बिरामीको मृत्यु हुनु स्वभाविक नभएको भनाई मृतकका आफन्तको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १४:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT