२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
समाचार

News

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी बर्खास्त

सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी बर्खास्त

पर्यटकको फर्जी उद्धार, १७ कम्पनीलाई कारबाही सिफारिस

उच्च हिमाली भेगमा लेक लागेका बिरामीको उपचार खर्च कतिसम्म लाग्ला ? बेंसी झार्दा पनि निको भइहाल्ने यस्ता बिरामी पर्यटकबाट काठमाडौंका प्रतिष्ठित अस्पतालले ६० लाख रुपैयाँसम्म उपचार खर्च बिमाबाट दाबी गरेको तथ्य फेला परेको छ ।

पर्यटकको फर्जी उद्धार, १७ कम्पनीलाई कारबाही सिफारिस

छोराछोरीको नागरिकता सम्बन्धमा महिला सांसदको प्रश्न- ‘आमा किन स्वैच्छिक ?’

नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता लिँदा बुबालाई अनिवार्य र आमालाई स्वैच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन् । सरकारले संसद्‌मा पेस गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

छोराछोरीको नागरिकता सम्बन्धमा महिला सांसदको प्रश्न- ‘आमा किन स्वैच्छिक ?’

आचारसंहिता पालना गर्न आग्रह

नेपाल पत्रकार महासंघले सबै पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ । केही सञ्चारमाध्यमले महासंघको लुम्बिनीमा सम्पन्न बैठकका सन्दर्भमा भ्रमपूर्ण समाचार सम्प्रेषित गरेको प्रति महासंघले आपत्ति जनाएको छ । 

आचारसंहिता पालना गर्न आग्रह

जुम्लामा फेरि झाडापखाला प्रकोप, एक सातामा ५० भन्दा बढी बिरामी 

हिमा गाउँपालिकाको ठूला चिउडीमा पुन: झाडापखाला प्रकोप फैलिएको छ । एक साताभित्र ५० भन्दा बढी स्थानीय बासिन्दा बिरामी परेका छन् । 

जुम्लामा फेरि झाडापखाला प्रकोप, एक सातामा ५० भन्दा बढी बिरामी 

प्रहरी हत्या प्रकरणः जलेश्वरका मेयर र राजपाका महासचिव साधारण तारेखमा रिहा

सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा फरार अभियुक्त थप दुई जना महोतरी जिल्ला अदालतमा हाजिर भएर साधारण तारेखमा छुटेका छन् ।

प्रहरी हत्या प्रकरणः जलेश्वरका मेयर र राजपाका महासचिव साधारण तारेखमा रिहा

धरहरा निर्माणको आर्थिक प्रस्ताव चौथोपटक स्थगित

भूकम्पले भत्किएको धरहरा निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खोल्ने मिति आज चौथो पटक पनि स्थगित भयो । 

धरहरा निर्माणको आर्थिक प्रस्ताव चौथोपटक स्थगित

तीन दिनमै राहदानी उपलब्ध हुने

सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

तीन दिनमै राहदानी उपलब्ध हुने

देशभरबाट २६ बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दमा संग्लन भएको आरोपमा प्रहरीले देशैभरीबाट २६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बन्दकर्ताले १७ जिल्लामा नक्कली र सक्कली बम राखेर आंतक सिर्जना गरेका थिए ।

देशभरबाट २६ बन्दकर्ता पक्राउ

मलेसियामा घूस दिएको आरोपमा दुई नेपालीलाई जेल सजाय

प्रहरीलाई घूस बुझाएको अभियोगमा मलेसियामा दुई नेपालीलाई १ महिनाको जेल सजाय सुनाइएको छ । उनीहरुलाई जनही १० हजार रिंगिट जरिवानालगायत सजाय पनि तोकिएको छ ।

मलेसियामा घूस दिएको आरोपमा दुई नेपालीलाई जेल सजाय

एकद्वार प्रणालीमार्फत विदेशी कामदार आपूर्ति : मलेसियाली प्रधानमन्त्री

मलेसियाका प्रधानमन्त्री महाथिर विन महोम्मदले एकद्वार प्रणालीमार्फत नेपालसहित विदेशी कामदार आपूर्ति गरिने बताएका छन् ।

एकद्वार प्रणालीमार्फत विदेशी कामदार आपूर्ति : मलेसियाली प्रधानमन्त्री

भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन/ दिन पाउने, घरबेटी र डेरावाल दुवैलाई तनाव कम हुने अपेक्षा

काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा आउने उजुरीमध्ये अधिकांश घरभाडा विवादका हुन्छन् । न्यायिक समितिमा गतवर्ष कार्तिक २८ देखि असार मसान्तसम्म एक सय ८३ वटा उजुरी परेको थियो ।

भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन/ दिन पाउने, घरबेटी र डेरावाल दुवैलाई तनाव कम हुने अपेक्षा

जलवायु परिवर्तन न्यूनिकरण अभियान सुरु

जलवायु परिवर्तन न्यूनिकरण गर्नका लागि जनचेतना जगाउने उद्देश्यसहित मंगलबारदेखि ‘एक टन कार्बनमा बस्नुहोस्’ अभियान सुरु गरिएको छ ।

जलवायु परिवर्तन न्यूनिकरण अभियान सुरु

बिदा कटौतीबारे पुर्नविचार गर्न ध्यानाकर्षण

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समूदायका बिदा कटौति गरेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

बिदा कटौतीबारे पुर्नविचार गर्न ध्यानाकर्षण

दोहोरो र अस्वाभाविक करको समस्या समाधान गर्न अर्थ समितिको निर्देशन

संघ, प्रदेश र स्थानीय सरकारले लगाएको दोहोरो र अस्वाभाविक करको समस्या सामधान गर्न संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । 

दोहोरो र अस्वाभाविक करको समस्या समाधान गर्न अर्थ समितिको निर्देशन

विद्यालयको खानेपानी ट्यांकीमा विष[अपडेट]

मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।

विद्यालयको खानेपानी ट्यांकीमा विष[अपडेट]

उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम, ७ बन्दकर्ता पक्राउ 

नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले म‌ंगलबार आयोजना गरेको बन्दका क्रममा उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम फेला परेको छ । 

उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम, ७ बन्दकर्ता पक्राउ 

देशैभरी बन्दको प्रभाव सामान्य

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला घटना भएका छैनन् ।

देशैभरी बन्दको प्रभाव सामान्य

भरतपुरमा राजमार्गमा देखिएको शंकास्पद वस्तु सेनाले नष्ट गर्‍यो

पूर्व पश्चिम राजमार्गको भरतपुर रिजाल चोकमा मंगलबार बिहान देखा परेको शंकास्पद् वस्तु सेनाले नष्ट गरेको छ ।

भरतपुरमा राजमार्गमा देखिएको शंकास्पद वस्तु सेनाले नष्ट गर्‍यो

रोकिराखेका २ वटा ट्रकमा आगजनी

अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना२ख २५४८, ना२ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको हो । 

रोकिराखेका २ वटा ट्रकमा आगजनी

एक हजारमा ढाड सेवा

गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलामा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । खोलामा बाढी आएपछि स्थानीयवासी घण्टौं अलपत्र पर्ने गरेका छन् ।

एक हजारमा ढाड सेवा

सीटीईभीटीद्वारा ऐनविपरीत अनुमति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ऐनविपरीत १ सय ५ विद्यालयलाई ३ वर्षे डिप्लोमा तह सञ्चालन गर्न अनुमति दिएको छ ।

सीटीईभीटीद्वारा ऐनविपरीत अनुमति

‘जथाभावी कर नियन्त्रण गर’

सांसदहरूले स्थानीय तहले जथाभावी उठाइरहेको करलाई व्यवस्थित गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनीहरूले अव्यवस्थित रूपमा करको दायरा बढाउँदा जनताको आक्रोश बढ्ने र संघीय व्यवस्था नै कमजोर हुने बताए ।

‘जथाभावी कर नियन्त्रण गर’

कर्ण शाक्यको वाटर फ्रन्ट होटलले फेवाताल अतिक्रमण गरेको निष्कर्ष

पोखराको एक रिसोर्टले फेवातालको झन्डै डेढ रोपनी जग्गा अतिक्रमण गरेको फेला परेको छ । सर्वोच्च अदालतको आदेशबाट गठन भएको छानबिन समितिको प्रतिवेदनअनुसार पार्क भिलेज वाटर फ्रन्ट प्रालिले झन्डै २२ आना जग्गा अतिक्रमण गरी भौतिक संरचना बनाएको हो ।

कर्ण शाक्यको वाटर फ्रन्ट होटलले फेवाताल अतिक्रमण गरेको निष्कर्ष

अपराध संहिता: पत्रकारमाथि पेसागत जोखिम

मुलुकी अपराध संहिता ऐनमा भएका केही व्यवस्थाले पत्रकारमाथि समेत पेसागत जोखिम बढ्ने देखिएको छ । वैयक्तिक गोपनीयता, गालीबेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेसागत कामकारबाहीका सिलसिलामा जोडिने जोखिम बढेको हो ।

अपराध संहिता: पत्रकारमाथि पेसागत जोखिम

खसीबोकामा समेत कर

कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैसीसमेत थपिएका छन् । स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।

खसीबोकामा समेत कर

उपचारमा ज्यान गए जन्मकैद

वि.सं. १९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ ।

उपचारमा ज्यान गए जन्मकैद

भक्तपुरका दुई स्थानमा भेटिएका बम निष्क्रिय

अज्ञात समूहले भक्तपुरका दुई स्थानमा राखेको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । अरनिको सडकखण्ड अन्तर्गत सूर्यविनायक काँल्हाचास्थित सडक किनारमा र मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित ६ लेन सडकको सर्भिस ट्रयाकमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

भक्तपुरका दुई स्थानमा भेटिएका बम निष्क्रिय