कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भक्तपुरका दुई स्थानमा भेटिएका बम निष्क्रिय

भक्तपुर — अज्ञात समूहले भक्तपुरका दुई स्थानमा राखेको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । अरनिको सडकखण्ड अन्तर्गत सूर्यविनायक काँल्हाचास्थित सडक किनारमा र मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित ६ लेन सडकको सर्भिस ट्रयाकमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

भक्तपुरका दुई स्थानमा भेटिएका बम निष्क्रिय

काँल्हाचा र लोकन्थलीमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले करिब बिहान ६ बजे दुवै स्थानमा भेटिएको शंकास्पद प्रेसर कुकर बम निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए । ‘दुवै स्थानमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको र सुरक्षित रुपमा डिस्पोज गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नको खोजी जारी छ ।’ जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ परेको विरोधमा मंगलबार बन्द आह्वान गरेको छ । बम नेपाल कम्युनिष्ट पार्टीकै कार्यकर्ताले राखेको हनुसक्ने आशंका गरिएको छ । भक्तपुरमा बन्दको प्रभाव खासै नरहेको प्रहरीले जनाएको छ ।

सूर्यविनायकमा बम भेटिएपछि केही क्षण पूर्व जाने सवारी आवागमन प्रभावित भएको थियो । बम निष्क्रिय पारेपछि सवारी आवागमन सुचारु भएको एसपी श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?