उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम, ७ बन्दकर्ता पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले म‌ंगलबार आयोजना गरेको बन्दका क्रममा उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम फेला परेको छ । 

काठमाडौ, ललितपुर र भक्तपुरबाट ७ जना बन्द कर्ता पक्राउ परेका छन्। २ जना बिष्फोटक पदार्थसहित र काठमाडौंको जमलबाट एक जनालाई बमसहित पक्राउ गरेको महानरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

Yamaha

प्रकाशित : श्रावण २९, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देशैभरी बन्दको प्रभाव सामान्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला घटना भएका छैनन् ।

ठाउँठाउँमा शंकास्पद वस्तु भेटिएको र ती शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको कान्तिपुर जिल्ला संवाददाताहरुले जनाएका छन्।

कान्तिपुर जिल्ला संवाददाताहरुका अनुसार पूर्वपश्चिम राजमार्गका केही स्थानमा शंकास्पद वस्तु फालिएका छन्। यसैगरी कपिलवस्तुमा सेनाले स्कर्टिङ गरेर गन्तव्यतर्फ लगिरहेको गाडीमा नै पेट्रोल बम प्रहार गरिएको छ भने बुटवलमा बसमा एसिड प्रहार गरिएको छ।

मुख्य राजमार्गहरुमा पनि सवारीसाधन चलेको प्रहरीले बताएको छ।नेपाल प्रहरीले ठाउँठाउँमा बन्द गर्दै हिँडेका बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ।

यी समाचार पनि पढ्नुहोस्ः









प्रकाशित : श्रावण २९, २०७५ १२:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT