उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम, ७ बन्दकर्ता पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले म‌ंगलबार आयोजना गरेको बन्दका क्रममा उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम फेला परेको छ । 

काठमाडौ, ललितपुर र भक्तपुरबाट ७ जना बन्द कर्ता पक्राउ परेका छन्। २ जना बिष्फोटक पदार्थसहित र काठमाडौंको जमलबाट एक जनालाई बमसहित पक्राउ गरेको महानरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २९, २०७५ १३:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गृह मन्त्रालयद्वारा १७ प्रजिअसहित ३० कर्मचारी सरुवा [सूचीसहित]

जनकराज सापकाेटा

काठमाडौँ — गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीसहित ३० सहसचिव र उपसचिवको सरुवा गरेको छ । सुन तस्करी अनुसन्धान गर्न गठित समितिको संयोजक रहेका सहसचिव ईश्वरीराज पौडेललाई अध्यागमन विभाग सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन विभागका निर्देशक कृष्णबहादुर कटुवाललाई कारागार व्यवस्थापन विभाग पठाइएको छ ।

सहसचिव रामप्रसाद आचार्यलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्णप्रसाद अधिकारीलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।


प्रकाशित : श्रावण ९, २०७५ १८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT