कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयको खानेपानी ट्यांकीमा विष[अपडेट]

२० जना विद्यार्थी बिरामी
माधव घिमिरे

विराटनगर — मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।

विद्यालयको खानेपानी ट्यांकीमा विष[अपडेट]

स्थानीय श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा हालिएको विष मिस्रित पानी पिउँदा विद्यार्थी बिरामी परेका हुन् ।


बिरामीमध्ये १८ जनाको उर्लाबारी-३ मंगलबारेस्थित म‌ंगलबारे अस्पतालमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असई हरिनारायण राजवंशीले बताए । उनका अनुसार अरु खुश्बु मिश्र र सृष्टि निरौला, कमला लिम्बू र मनिष थापालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।


विराटनगरस्थिन नोबेल अस्पतालमा उपचारका लागि ल्याइएकी विद्यार्थी कमला लिम्बू। तस्बिरःवेदराज पौडेल / कान्तिपुर

विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको थियो ।

असई राजबंशीका अनुसार ट्यांकीमा ‘साइबेरिन’ लेखिएको विषको बट्टा फेला परेको छ । विषादी कसले हालेको भन्ने खुलेको छैन । सोधखोज भइरहेको प्रहरीले जनाएको छ ।


अस्पतालमा उपचारका लागि ल्याइएकी विद्यार्थी सृष्टि निरौला। तस्बिरःवेदराज पौडेल / कान्तिपुर

विद्यालय समय सुरु हुन लाग्दा टाढा टाढाबाट आएका विद्यार्थीले पानी पिएका थिए । त्यसपछि शिक्षकहरुले पनि पिउने क्रममा केही गन्ध आएजस्तो लागेपछि ट्यांकीमा जाँच गरिएको असई राजबंशीले बताए । त्यसक्रममा विषादी हालेको पाइएको थियो ।

प्रकाशित : श्रावण २९, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?