१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बिदा कटौतीबारे पुर्नविचार गर्न ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समूदायका बिदा कटौति गरेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

बिदा कटौतीबारे पुर्नविचार गर्न ध्यानाकर्षण

गठबन्धन संयोजक समीम मियाँ अन्सारी नेतृत्वको टोलीले सरकारलाई निर्णय सच्याउन प्रधानमन्त्रीसँग माग गरेको छ ।


गठबन्धनले इद र बक्र इदको विदालाई राष्ट्रिय बिदाबाट सामूदायिक बिदामा खुम्च्याएको भन्दै निर्णय सच्याउन माग गरेको अन्सारीले जानकारी दिए ।


आगामी भदौ ६ गते मुस्लिम समूदायको ठूलो पर्व बक्र इद अगाडि नै निर्णय सच्याउन गठबन्धनले माग गरेको हो । प्रधानमन्त्रीले गठबन्धनको मागले आफ्नो ध्यानाकर्षण भएको भन्दै अध्ययन गर्ने आश्वासन दिए ।


यस्तै, नेपाल मुस्लिम इत्तेहाद संगठन इदउल अजहा (बकर इद) मा सार्वजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले सोमबार विज्ञप्तिमार्फत् सार्वजनिक बिदाबारे पुन: निर्णय गर्न ध्यानाकर्षण गराएको हो ।


सरकारले पर्व बिदा कटौती गरेदेखि नै संगठनले ती बिदाबारे पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको काबा अध्यक्ष सिराज अहमद फारुकीले जनाएका छन् ।

प्रकाशित : श्रावण २९, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?