कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जलवायु परिवर्तन न्यूनिकरण अभियान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — जलवायु परिवर्तन न्यूनिकरण गर्नका लागि जनचेतना जगाउने उद्देश्यसहित मंगलबारदेखि ‘एक टन कार्बनमा बस्नुहोस्’ अभियान सुरु गरिएको छ ।

जलवायु परिवर्तन न्यूनिकरण अभियान सुरु

पारिवारिक निजी वन संघ, वन्यजन्तु संरक्षण संघ र जीवन केन्द्र नेपालको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । काठमाडौंको वसन्तपुर डबलीमा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले एक टन कार्बनको बेन्चमा बसेर अभियान उद्घाटनको घोषणा गरे । मन्त्री बस्नेतले अभियान मौलिक र रचनात्मक भएको भन्दै अझै दुरुस्त बनाउनु पर्नेमा जोड दिए ।


अरु देशले निम्त्याएको समस्याको सिकार नेपाल भएको भन्दै अन्तर्राष्ट्रियजगत समक्ष यसको क्षतिपूर्ति माग्नुपर्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले भने, ‘हामीले कार्बन सञ्चित गरी जलवायु परिवर्तन निर्मूल र अनुकुलनमा पुर्‍याएको योगदानमार्फत अन्तर्राष्ट्रिय समुदायसँग कार्बन व्यापार गर्नसकिन्छ । ’


उनले सन्तुलित रुपमा वन विस्तार, संरक्षण एवं उपयोगमा विचार पुर्‍याई काठमा आत्मनिर्भरता र कार्बन व्यापारमा बढोत्तरी हुने आश व्यक्त गरे । रुखले मात्र नभई काठजन्य पदार्थले पनि कार्बन सञ्चित गर्ने पारिवारिक निजी वन संघका अध्यक्ष जोगराज गिरीले बताए ।


कार्यक्रममा वक्ताहरुले काठबाट बनेका वस्तुको उपभोग र रुख संरक्षण गर्नुपर्ने जोड दिएका थिए ।

प्रकाशित : श्रावण २९, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?