२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

देशभरबाट २६ बन्दकर्ता पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दमा संग्लन भएको आरोपमा प्रहरीले देशैभरीबाट २६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बन्दकर्ताले १७ जिल्लामा नक्कली र सक्कली बम राखेर आंतक सिर्जना गरेका थिए ।

देशभरबाट २६ बन्दकर्ता पक्राउ

जसमा ८ जिल्लाका सार्वजनिक स्थानमा नक्कली बम राखिएको थियो भने ९ जिल्लामा राखिएका सक्कली बम प्रहरीले डिस्पोज गरेको थियो ।


प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार काठमाडौंमा ४ वटा नक्कली र एक सक्कली बम सार्वजनिक स्थानमा फेला परेको थियो । त्यस्तै भक्तपुरमा २ सक्कली बम र ललितपुरमा ६ नक्कली र १ सक्कली बम निस्क्रिय पारिएको थियो ।


महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेका अनुसार उपत्यकामा बम बोकेर हिँड्ने दुईसहित सात जना पक्राउ परेका छन् ।


प्रकाशित : श्रावण २९, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?