आचारसंहिता पालना गर्न आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले सबै पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ । केही सञ्चारमाध्यमले महासंघको लुम्बिनीमा सम्पन्न बैठकका सन्दर्भमा भ्रमपूर्ण समाचार सम्प्रेषित गरेको प्रति महासंघले आपत्ति जनाएको छ । 

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै लुम्बिनी बैठकमा जाँदा अध्यक्षसहित केही पदाधिकारीले हेलिकप्टर प्रयोग गरेको भनी आएको समाचारमा सत्यता नभएको स्पष्ट परेका छन् ।

Yamaha

उक्त समाचारविरुद्ध महासंघले प्रेस काउन्सिलमा उजुरीसमेत दिएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ २०:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतीयको कब्जामा जग्गा

कान्तिपुर संवाददाता

बर्दिया — १२ भन्दा बढी भारतीय नागरिकले गुलरिया नगरपालिकाको सार्वजनिक जग्गा कब्जा गरेका छन् । गुलरिया नगरपालिका ८ स्थित ११ बिघामध्ये केही सार्वजनिक जग्गा अतिक्रमण गरी उनीहरूले बसोबास बसाएका हुन् ।

जबरजस्ती सार्वजनिक जग्गामा घर–टहरा बनाएर बसिरहेका उनीहरूलाई हटाउने प्रयास पटकपटक भए पनि सफल भएको छैन ।

करिब आठ वर्षदेखि उनीहरू त्यहाँ बस्दै आएका छन् । पटक–पटक जग्गा खाली गर्न उर्दी गरे पनि अटेर गरी बसेको नगरपालिकाले जनाएको छ ।

अतिक्रमण गरी बस्दै आएकामा भारतको आसाम तथा उत्तरप्रदेशबाट आएका व्यक्ति हुन् । करिब दुई वर्षअघि गुलरिया ८ मा केही भारतीयले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेको लगत उठाइएको थियो ।

गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले भारतीय नागरिकले जबरजस्ती आफूखुसी घर बनाएकाले तत्काल हटाउन निर्देशन दिइसकेको बताए ।

‘भारतीय नागरिकको हकमा सुकुम्बासी नै भए पनि बसोबासका लागि जग्गा उपलब्ध गराउने प्रावधान छैन,’ उनले भने, ‘नेपालीका हकमा छानबिन गरी उचित व्यवस्था गर्न सर्वपक्षीय बैठकले निर्णय गर्नेछ ।’

प्रकाशित : श्रावण २९, २०७५ २०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT