कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिरोले घर पुरिँदा २ बेपत्ता

प्रकाश बराल

बागलुङ — केही दिनदेखिको अबिरल बर्षाको कारण खसेको पहिरोले घर पुरिंदा बागलुङको निसीखोलामा एकै घरका दुइ बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा २ बेपत्ता

निसीखोला गाउँपालिका ३ को धुसौरा भन्ने स्थानमा खसेको पहिरोले बिहान साँढे ५ बजे घर पुरेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका निरिक्षक ओमप्रकाश यादवले बताए । स्थानीय मानबहादुर शाहीको घर पहिरोले पुरेको हो ।


पहिरोमा परेर मानबहादुरकी श्रीमती ६५ बर्षिय धनकुमारी शाही र ३५ बर्षिय बुहारी डल्ली शाही बेपत्ता भएका हुन् । घटनाको जानकारी पाउना साथ प्रहरी चौकी झिवाखोला र ईलाका प्रहरी कार्यालय बुर्तिवाङका उद्दार टोली घटनास्थल तर्फ गईरहेको छ । घटनास्थल सदरमुकाम देखि १ सय २० किमी पश्चिममा पर्छ ।


घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


प्रकाशित : श्रावण ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?