कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाढीले ४ घर सहित सयौं रोपनी खेत बगायो

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका- २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । सोही नगरपालिकाऔ३, करुवाको जंगलबाट आएको पहिरोसँगै खोलामा बाढी आई करोडौको संरचनामा क्षति पुगेको हो । 

बाढीले ४ घर सहित सयौं रोपनी खेत बगायो

बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ मिल, ६० घट्ट, २ वटा ट्रस ब्रिज सहित सायौं रोपनी खेत बगाएको हो । मंगलबार राति आएको बाढीले नलगाड-३, घुवाराका जनकबहादुर चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ । बाढीले रावलको १ भैसी र १ गोरु पनि बगाएको छ ।


त्यस्तै बाढीले नलगाड-३ र ४ जोड्ने घुवारामा रहेको ट्रस ब्रिज, वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित ट्रस ब्रिज पनि बगाएको नगरप्रमुख टेकबहादुर रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित ४ वटा मिल बगाएको रावलले बताए । उक्त खोलामा आएको बाढीले नलगाड-३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको उनले बताए । बाढीले नलगाडमा करोडौंको क्षति पुऱ्याएको नगरप्रमुख रावलले बताए ।


खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगायत स्थान तर्फको आवतजावत पूर्णरुपमा बन्द भएको स्थानीय हासिलाल पन्तले बताए । बाढीले अन्य जग्गा जमिन लगायत क्षति गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाइ छ । नलगाड-३ करुवास्थित जंगलमा कैना नेटीलेक सडकमा डोजरले अन्धाधुन्ध खनी वन विनास गर्दा बाढीपहिरो आएको पन्तले बताए । बाढीका कारण यस क्षेत्रका १ सय बढी घरपरिवार विस्थापित भएको उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?