पहिरोले चार घर पुर्‍यो

कान्तिपुर संवाददाता

म्याग्दी — भारी वर्षपछि आएको पहिरोले मालिका गाउँपालिका-२ विल्वाङमा दुई घर पुरेको छ । पहिरोमा परी ४२ वर्षीया मीना पुन घाइते भएकी छन । पहिरोले खगप्रसाद पुन, मीन पुन, चीजमान पुन र नोटबहादुर पुनको घर पुरिएको घटनास्थलबाट मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जानकारी गराए ।  

पहिरोले चार घर पुर्‍यो

त्यसैगरी भारी वर्षापछि आएको पहिरोले अन्नपूर्ण गाउँपालिका-३ दाना गुईठेमा ६ घर उच्च जोखिममा परेपछि अन्यत्र स्थानन्त्रण गरिएको छ । पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनाएको छ ।


लगातारको वर्षाले यत्रतत्र पहिरो खसेपछि मुस्ताङ सीमावर्ती अन्नपूर्ण गाउँपालिकाले अति जरुरी काममा बाहेक तत्काल बेनी–जोमसोम सडकमा यात्रा नगर्न भनेको छ । अन्नपूर्ण गापा क्षेत्रको भीरकाटे, गुईठे र काप्रे भीरमा जोखिम छ । तातोपानीमा कालीगण्डकी नदीले सडक कटान गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?