१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुनर्निर्माण प्राधिकरणको सीइओमा पुन: ज्ञवाली नियुक्त 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पुन: सुशील ज्ञवाली नियुक्त भएका छन् ।

पुनर्निर्माण प्राधिकरणको सीइओमा पुन: ज्ञवाली नियुक्त 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो । प्रधानमन्त्री केपी ओली अघिल्लो कार्यकालमा पनि उनी सिइओ थिए ।


तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले ज्ञवालीलाई हटाएर गोविन्द पोखरेललाई नियुक्त गरेको थियो । पोखरेल राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्न गएपछि तत्कालीन देउवा सरकारले पूर्वसचिव युवराज भूसाललाई सीइओ नियुक्त गरेको थियो ।


चुनावपछि ओली नेतृत्वको सरकारले देउवा सरकारले गरेका नियुक्तिहरु बदर गरेपछि उक्त पद खाली भएको हो । साढे दुई वर्षको अवधिमा ज्ञवाली पाँचौं पटकमा पुन: सीइओ बनेका हुन् । पहिलो सिइओ पनि पोखरेल थिए । अध्यादेशबाट गठन भएको प्राधिकरणमा पोखरेल पहिलो सीइओ नियुक्त भए पनि संसद्‌बाट प्रतिस्थापन विधेयक समयमा पास नहुँदा खारेजीमा परेका थिए।

प्रकाशित : श्रावण ३०, २०७५ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?