कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतद्वारा ३० एम्बुलेन्स र ६ बस सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको ७२औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स, बस र शैक्षिक सामग्री प्रदान गरेको छ । दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस सहयोग गरेको हो ।

भारतद्वारा ३० एम्बुलेन्स र ६ बस सहयोग

६८ पुस्तकालय तथा सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थालाई १७ लाखबराबरको पुस्तक वितरणसमेत गरिएको दूतावासले जनाएको छ । राजदूत मंजिभसिंह पुरीले सहयोगले भारत सरकारको नेपालको सामाजिक–सांस्कृतिक विकासको यात्रामा साझेदारी गर्ने प्रतिबद्धता प्रमाणित गरेको बताए ।


भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक संस्थालाई हालसम्म ६ सय ९२ एम्बुलेन्स र १ सय ३६ बस उपहारस्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ । पाकिस्तानले पनि मंगलबार स्वतन्त्रता दिवस मनाउँदै नेपालीलाई शैक्षिक छात्रबृत्ति सहयोग घोषणा गरेको थियो ।

प्रकाशित : श्रावण ३०, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?