समाचार
श्रावण ३१, २०७५

सार्कका लागि राष्ट्रिय सभागृहको मर्मत गरेर बिमस्टेक किन होटलमा ?

सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा राष्ट्रिय सभागृहको उपयोग नगर्ने भएको छ । 

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तलाई थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका तीन अभियुक्तलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत मोरङले सदर गरेको छ । जिल्ला अदालत मोरङको थुनछेकको आदेशअनुकूल हुने गरी बिहीबार उच्च अदालतले यस्तो आदेश गरेको हो ।

बढी कर नलगाउन राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीले निर्वाचन जितेको गाउँपालिका र उपमहानगरपालिकामा साविकको गाविस र नगरपालिकाले लगाएकोभन्दा बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह गरेको छ । 

वायु प्रदूषणलाई वर्गीकरण गरिँदै

वन तथा वातावरण मन्त्रालयले वायु प्रदूषणलाई ६ स्तरमा वर्गीकरण गरेर सर्वसाधारणलाई त्यसको अवस्थाबारे जानकारी गराउने भएको छ ।

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- ‘जथाभावी खर्च नगर्नुहोस्’

प्रधानमन्त्री केपी ओलीले स्थानीय तहको क्षमता बलियो नभई जथाभावी खर्च नगर्न र सुविधा नलिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

ADVERTISEMENT

प्रेसविरोधी प्रावधान सच्याउन ध्यानाकर्षण

नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ ।

संघीय निजामती ऐन विधेयकः प्रदेश र स्थानीय तहका कर्मचारीलाई केन्द्रमा आरक्षण

सरकारले संघीय निजामती प्रशासनमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई विशेष आरक्षण दिने भएको छ ।

४० करोडका गाडी किन्दै प्रदेश सरकार, मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड बजेट

प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै र प्रदेशका मुख्यमन्त्रीका लागि २ करोड रुपैयाँ पर्ने एउटा गाडीका लागि समेत बजेट छुट्याइएको छ । 

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् ।

नाति हत्या गरेको अभियोगमा ससुरा–बुहारी थुनामा

बहुदरमाई नगरपालिका-२ का हजुरबुवा ताराचन्द र ठूली आमा रीता देवीलाई शिवजी साहका ६ वर्षीय छोरा आयोग साहको हत्याकाे अभियोग लागेको छ । जिल्ला अदालतले दुवैलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । 

प्रेमको नाटक गरेर हवलदारद्वारा हत्या !

४ साउनको कुरा हो । मीनबहादुर पुडासैनीले अचानक खबर पाए, बहिनी चमेली घले बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । अनामनगरमा रहेका मीन हतारिँदै बसुन्धरामा रहेको ग्रीन सिटी अस्पतालमा पुगे । आकस्मिक उपचार कक्ष पुरै चहार्दा पनि बहिनी फेला नपरेपछि उनले अस्पतालका कर्मचारीको सहयोग लिए ।

मुलुकी ऐेनको व्यवस्था : बिरामीले उपचार पाउला कि डाक्टरले सजाय ?

शुक्रबारदेखि मुलुकी अपराध (संहिता) ऐन लागु हुँदै छ । एक वर्षअघि पारित भएको उक्त ऐनका केही प्रावधानले आफुहरुलाई अपराधीलाई जस्तो व्यवहार गर्ने भन्दै डाक्टरहरुले असन्तुष्टि जनाएका छन् । 

ADVERTISEMENT

योजनाबिनै भित्र्याइन्छन् हेभी इक्विपमेन्ट

हिजोआज जताततै देखिन्छन् पहेंला गाडी । कतै डाँडा खोस्रिरहेका, कतै पाखो कोतरिरहेका अनि कतिचाहिँ त्यत्तिकै थन्किएर बसेका । डाँडाकाँडाका सबैजसो बस्तीमा यी पहेंला गाडी पुगेकै छन् ।स्थानीय निर्वाचनपछि ‘हेभी इक्विपमेन्ट’ (डोजर, लोडर, क्रेन, रोलर, स्काभेटर) को आयात ह्वात्तै बढेको छ ।

जलवायु परिवर्तनको असरबारे नेपालले क्षतिपूर्ति दाबी गर्ने 

विश्वव्यापी जलवायु परिवर्तनमा नगन्य योगदान भए पनि असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेको भन्दै नेपालले क्षतीपूर्तीका लागि अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ । 

राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा

राष्ट्रिय सभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । 

पार्टीलाई टुक्र्याउने सपना धेरैले देखे, अब झन् सुदृढ हुन्छः दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल सामाजिक न्याय सहित आर्थिक समृद्धितिर अघि बढिरहेको बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको कामकारबाही जनता र राष्ट्रको पक्षमा पार्नु पर्ने बताए । 

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधन भएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्)ले एक विज्ञप्ति जारी गर्दै बिहीबार साँझ ५ बजे ५ मिनेट जाँदा उनको निधन भएको जनाएको छ ।

विपन्नलाई आवास दिइने

सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसद्मा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ ।

एक घर एक टनेल

सबै गाउँलेलाई आत्मनिर्भर बनाउन महाशिला गाउँपालिकाले एक घर एक टनेल कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बजेट छुट्याएर कम्तीमा ५० प्रतिशत घरधुरीमा व्यावसायिक तरकारी खेती विस्तार गर्ने भएको हो । महाशिलामा करिब दुई हजार घरधुरी छन् ।

पुनर्निर्माण प्राधिकरण : तीन वर्षमा पाँचौं सीईओ

पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर बर्खास्त गरेका पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले फेरि नियुक्ति दिएको छ ।

विद्युतीय सवारीमा आलटाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरणमैत्री (विद्युतीय) सवारी साधन सञ्चालन स्वीकृति दिन आलटाल गरिरहेको छ । मन्त्रालयले वातावरणमैत्री सवारी साधनलाई रुट दिनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सडकको अध्ययन गर्न गठित ‘रुट अध्ययन समितिको प्रतिवेदन २०७२’ कार्यान्वयनमा ढिलाइ गरेको हो ।