१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुनर्निर्माण प्राधिकरण : तीन वर्षमा पाँचौं सीईओ

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर बर्खास्त गरेका पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले फेरि नियुक्ति दिएको छ ।

पुनर्निर्माण प्राधिकरण : तीन वर्षमा पाँचौं सीईओ

प्राधिकरण गठन भएको तीन वर्षमा सीईओ परिवर्तन भएको यो पाँचौं पटक हो । प्राधिकरणले पुनर्निर्माण कार्य भने बल्ल एक तिहाइ मात्र सकेको छ । ८ लाख भूकम्पपीडितमध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकबाट पुन: नियुक्ति पाएका ज्ञवालीले बिहीबारदेखि काम थाल्नेछन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?