एक घर एक टनेल

अगन्धर तिवारी

पर्वत — सबै गाउँलेलाई आत्मनिर्भर बनाउन महाशिला गाउँपालिकाले एक घर एक टनेल कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बजेट छुट्याएर कम्तीमा ५० प्रतिशत घरधुरीमा व्यावसायिक तरकारी खेती विस्तार गर्ने भएको हो । महाशिलामा करिब दुई हजार घरधुरी छन् ।

टनेलभित्र तरकारीमा थोपा सिँचाइ प्रविधि जडान गर्दै किसान । तस्बिर : अगन्धर । कान्तिपुर

गाउँपालिकाका अध्यक्ष राजु पौडेलले त्यसका लागि ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । ‘सबै गाउँलेलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘टनेल र बीउ गाउँपालिकाले दिनेछ, अरू संरचना किसानले आफैं बनाउनुपर्छ ।’ पहिलो चरणमा यसअघि नै मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका किसानलाई प्राथमिकतामा राखिएको उनले बताए । किसानलाई वितरण गर्न महाशिलाले एक हजार प्लास्टिकका टनेल खरिद प्रक्रियासमेत थालिसकेको छ ।

गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैठकुरीका अनुसार कृषि प्राविधिक र विज्ञका सुझावअनुसार कार्यक्रम सुरु गरिएको हो । गाउँसभाले किसानको व्यावसायिक समूह बनाउने निर्णयसमेत गरेको छ । एकै प्रकारको तरकारी उत्पादन गर्दा बजार पाउन समस्या हुने भएकाले किसान समूह गठन गरेर बालीमा चक्रीय प्रणाली अपनाइने उनले बताए ।

Yamaha

‘हरेक १० किसानको एउटा समूह हुन्छ,’ उनले भने, ‘एउटा समूहको टनेलमा टमाटर मात्रै लगाउनुपर्छ । अर्को समूहमा काँक्रा, अर्कोमा करेला ।’ हजार किसानका सय समूह बनाउने योजना गाउँपालिकाको छ । ती समूहमध्ये हरेकलाई गाउँपालिकाले छुट्टाछुट्टै बीउ वितरण गर्छ । स्थानीय बजारमा आवश्यक तरकारीको बिक्रीवितरण समूहले नै गर्छ । समूहलाई समस्या भए गाउँपालिकाले कृषि प्राविधिक र विज्ञको सल्लाहमा अन्यत्र पठाउन सहजीकरण गर्नेछ ।

गाउँपालिकाले अघिल्लो वर्ष एक घर, एक रोजगार कार्यक्रम लागू गरेको थियो । त्यसमध्ये ३ सय ७५ जनाले विकास स्वयंसेवक छनोट भई तालिम पाइसकेका छन् । स्वयंसेवकले हरेक महिना १५ दिन अनिवार्य गाउँपालिकाले खटाएको काम गर्नुपर्छ । बाँकी १५ दिन घरकै काममा व्यस्त गराउने गरी गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।

यसबाट किसानले प्रतिवर्ष एक लाखदेखि १ लाख ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने अनुमान छ । हाल वितरण गर्न थालिएको एक हजार टनेलमध्ये विकास स्वंयसेवक प्राथमिकतामा परेका छन् । गाउँपालिकाले कृषिमा विशेष कार्यक्रम ल्याउन अघिल्लो वर्ष नै निर्णय गरेको थियो । गाउँसभाले गरेका निर्णय कार्यान्वयन गर्ने क्रममा यस वर्ष व्यावसायिक खेतीलाई प्राथमिकतामा राखिएको प्रवक्ता ठकुरीले बताए । स्थानीय युवा किसान प्रकाश पौडेलले गाउँपालिकाको निर्णयबाट व्यावसायिक कृषि गर्न हौसला मिलेको बताए ।

Esewa Pasal

प्रकाशित : श्रावण ३१, २०७५ ०७:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुनर्निर्माण प्राधिकरण : तीन वर्षमा पाँचौं सीईओ

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर बर्खास्त गरेका पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले फेरि नियुक्ति दिएको छ ।

प्राधिकरण गठन भएको तीन वर्षमा सीईओ परिवर्तन भएको यो पाँचौं पटक हो । प्राधिकरणले पुनर्निर्माण कार्य भने बल्ल एक तिहाइ मात्र सकेको छ । ८ लाख भूकम्पपीडितमध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकबाट पुन: नियुक्ति पाएका ज्ञवालीले बिहीबारदेखि काम थाल्नेछन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT