कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पार्टीलाई टुक्र्याउने सपना धेरैले देखे, अब झन् सुदृढ हुन्छः दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल सामाजिक न्याय सहित आर्थिक समृद्धितिर अघि बढिरहेको बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको कामकारबाही जनता र राष्ट्रको पक्षमा पार्नु पर्ने बताए । 

पार्टीलाई टुक्र्याउने सपना धेरैले देखे, अब झन् सुदृढ हुन्छः दाहाल

उनले नेकपालाई टुक्र्याउने र कमजोर पार्ने सपना धेरैले देखेका र 'उनीहरु'ले अनेका वितन्डहरुपनि कुनै न कुनै रुपले मच्याउने प्रयास गरेको आरोप लगाए । तर दाहालले 'उनीहरु' भनेर कसलाई भनिएको स्पष्ट भने पारेनन् । उनले युवाहरु नेकपा प्रवेश गरेर यसको गतिलो जवाफ दिएको बताए । उनले भने, 'अब देश नेकपाले नै बनाउँछ भनेर पार्टी प्रवेश गरेर नेपाल, नेपाली र विश्वसामु नै उदाहरण प्रस्तुत गर्नुभएको छ ।'


उनले आफ्नो ठाउँमा विभिन्न खालका चुनौती आए ती चुनौतीलाई सामाना गर्दै पार्टीलाई एकतावद्ध गर्ने, सुदृढ गर्ने र सरकालाई मजबुत पार्ने बताए ।


यसैगरी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुको पार्टी प्रवेशले पार्टी अझै गतिशील भएको बताए । उनले भने, 'पार्टी बलियो भएको छ अझै सशक्त भएको छ । युवाहरुमा जोश र जाँगर पलाएको छ ।'


उनले युवाहरुले नेकपालाई विश्वास गरेर पार्टी प्रवेश गरेकोउल्लेख गर्दै उनीहरुको यो विश्वासलाई तलमाथि हुन नदिने बताए । उनले भने, 'उहाँहलाई केही गर्न सकिन्छ भन्ने विश्वास छ । पार्टीप्रति विश्वास छ । नेतृत्वले ठिकै ठाउँमा पुर्‍याउँछ भन्ने लागेको छ । हामी उक्त विश्वासलाई तलमाथि गर्न दिने छैनौं ।'


प्रकाशित : श्रावण ३१, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?