नाति हत्या गरेको अभियोगमा ससुरा–बुहारी थुनामा

शंकर आचार्य

पर्सा — बहुदरमाई नगरपालिका-२ का हजुरबुवा ताराचन्द र ठूली आमा रीता देवीलाई शिवजी साहका ६ वर्षीय छोरा आयोग साहको हत्याकाे अभियोग लागेको छ । जिल्ला अदालतले दुवैलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार ससुरा ताराचन्द र उनकी जेठी बुहारीको अवैध सम्बन्ध बालकले थाहा पाएपछि हत्या गरेको दाबी गरे।

Yamaha

घटना असार ३१ गतेको हो। त्यस दिन बिहान आयोग हराएको कुरा बिहान करीब साढे ८ बजे परिवारले थाहा पाएका थिए।आयोगको शव काँसघारी नजिकको पोखरीमा त्यसै दिन दिउँसो २ बजे फेला परेको थियो।

प्रहरीले अनुसन्धान गर्दै जाँदा ताराचन्द र रीतामाथि शंका गरेर उनीहरुलाई पक्राउ गरेका थियो। केरकार गर्दा दुवैले आयोगको हत्या आफूहरुले गरेको कुरा स्वीकारेको प्रहरीले जनाएको छ।

अभियुक्ताहरुले आयोगले आफूहरुबीचको सम्बन्ध देखेकैले तत्कालै समातेर घाँटी अठ्याएर मारेको र नजिकको पोखरीमा शव फालिदिएको बयान दिएको प्रहरीले जनाएको छ।

पोखरीमा फाल्दा बालक डुबेर मरेको जस्तो देखिने भएकाले यसो गरिएको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्।

प्रकाशित : श्रावण ३१, २०७५ १७:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

नवीन पौडेल

परासी — केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक साताअघि सुनवल बजारबाट बा १५ च २१०४ नम्बरको स्कारपियो गाडी चोरी भएको थियो ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण पश्चिम नवलपरासी नम्बर २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरी, बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल र रुपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा छन् ।

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडा घर भएका हवल्दार चौधरीले चोरी भएको गाडी घरमा लुकाएर राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

सवारी खोजी गर्ने क्रममा प्रहरी बुटवल, नवलपरासी र भारतीय नाकामा मोटर ग्यारेजमा ग्राहक बनेर अनुसन्धान गरेको थियो ।

प्रहरी जवान ग्राहक बनेर ग्यारेज जाँदा सैनामैनाका दिलिप बोहाराले आफूसँग स्कारपियो गाडी भएको बताएका थिए । सवारी देखाउनका लागि बोहराले प्रहरीलाई लिएर बर्दघाटस्थित चौधरीको घरमा पुगेका थिए ।

सातादिनसम्म पनि गाडी विक्री नभएपछि चौधरीले नेपाली नम्बर झिकेर भारतीय नक्कली बिल बुक बनाएका थिए ।

बीआर २२ एन ०९८८ नम्बरको नक्कली स्कोरपियोको भारतीय बिल बुक बनाएर भारतमा विक्री गर्ने तयारी थियो । चोरीमा संलग्न तीनै जनालाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १६:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT