२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नाति हत्या गरेको अभियोगमा ससुरा–बुहारी थुनामा

शंकर आचार्य

पर्सा — बहुदरमाई नगरपालिका-२ का हजुरबुवा ताराचन्द र ठूली आमा रीता देवीलाई शिवजी साहका ६ वर्षीय छोरा आयोग साहको हत्याकाे अभियोग लागेको छ । जिल्ला अदालतले दुवैलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

नाति हत्या गरेको अभियोगमा ससुरा–बुहारी थुनामा

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार ससुरा ताराचन्द र उनकी जेठी बुहारीको अवैध सम्बन्ध बालकले थाहा पाएपछि हत्या गरेको दाबी गरे ।


घटना असार ३१ गतेको हो । त्यस दिन बिहान आयोग हराएको कुरा बिहान करीब साढे ८ बजे परिवारले थाहा पाएका थिए । आयोगको शव काँसघारी नजिकको पोखरीमा त्यसै दिन दिउँसो २ बजे फेला परेको थियो ।


प्रहरीले अनुसन्धान गर्दै जाँदा ताराचन्द र रीतामाथि शंका गरेर उनीहरुलाई पक्राउ गरेका थियो । केरकार गर्दा दुवैले आयोगको हत्या आफूहरुले गरेको कुरा स्वीकारेको प्रहरीले जनाएको छ ।


अभियुक्ताहरुले आयोगले आफूहरुबीचको सम्बन्ध देखेकैले तत्कालै समातेर घाँटी अठ्याएर मारेको र नजिकको पोखरीमा शव फालिदिएको बयान दिएको प्रहरीले जनाएको छ ।


पोखरीमा फाल्दा बालक डुबेर मरेको जस्तो देखिने भएकाले यसो गरिएको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?