कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

घूस रकमसहित नापी अधिकृत पक्राउ

शिव पुरी

रौतहट — नापी कार्यालय गौरका एक अधिकृतलाई घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ ।

घूस रकमसहित नापी अधिकृत पक्राउ

सेवाग्राहीबाट १५ हजार घूस लिँदै गरेको अवस्थामा आयोगको हेटौंडास्थित कार्यालयबाट खटेको टोलीले जिल्ला नापी कार्यालय गौरका अधिकृत धीरेन्द्रकुमार लाललाई रङ्गेहात पक्राउ गरेको हो ।


आमाको नाममा रहेको जग्गा दाजुभाइहरुको नाममा छुट्याउन रेखांकन गर्नका अधिकृत लालले १५ हजार घूस मागेका थिए । नियम संगत गर्नुपर्ने काममा बाधा पुर्‍याई रकम माग्न थालेपछि सेवाग्राहीले उजुरी दिएलगत्तै अख्तियारको टोलीले पक्राउ गरेको हो । आयोगका हेटौंडा कार्यालय प्रमुख होमकला पाण्डेले नापी कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेको पुष्टि गरिन् । पक्राउ परेका अधिकृत लाललाई आवश्यक अनुसन्धानका लागि हेटौंडा लगिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?