बढी कर नलगाउन राप्रपाको आग्रह

रासस/याेन्हाप

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीले निर्वाचन जितेको गाउँपालिका र उपमहानगरपालिकामा साविकको गाविस र नगरपालिकाले लगाएकोभन्दा बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह गरेको छ । 

बढी कर नलगाउन राप्रपाको आग्रह

केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट लगाइएका विभिन्न करले निश्चित आय भएका सर्वसाधारण जनतालाई जीविकोपार्जनमा कठिन भएको ठहर गर्दै अव्यवहारिक र जनतालाई कष्ट पर्ने कर तत्काल खारेज गर्न माग गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।


गएको स्थानीय निकायको निर्वाचनमा राप्रपाले चार वटा गाउँपालिका अध्यक्ष र एक नगरपालिका प्रमुखमा जीतेको थियो ।


प्रकाशित : श्रावण ३१, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?