२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
समाचार

News

समिति सभापतिको चुनाव भदौ १७ मा

प्रतिनिधिसभा मातहतका संसदीय समितिको सभापति चयन गर्ने चुनाव १२ दिनपछि सारिएको छ । सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकमा सभापतिको निर्वाचन भदौ १७ गते हुने जानकारी गराएका हुन् । यसअघि मंगलबारलाई निर्वाचन मिति तोकिएको थियो ।

समिति सभापतिको चुनाव भदौ १७ मा

बिहे गर्न नमान्दा प्रेमिकाको हत्या

विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । 

बिहे गर्न नमान्दा प्रेमिकाको हत्या

दीपकराज जोशीले घोषणा गरे आफैंलाई ‘कामू प्रधानन्यायाधीश’

प्रधानन्यायाधीशमा अस्विकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफैंलाई ‘कायममुकायम प्रधानन्यायाधीश’ भनी दाबी गरेका छन् । उनी गत साउन १८ गते संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका थिए । 

दीपकराज जोशीले घोषणा गरे आफैंलाई ‘कामू प्रधानन्यायाधीश’

सडक बगाएपछि विकल्पमा पदमार्ग

हिमाली जिल्ला मनाङको चामेमा पहिरोले सडक बगाएपछि मानिस हिँड्न वैकल्पिक मार्ग बनाइएको छ । सेना, प्रहरी र स्थानीयले मानिस हिँड्ने बाटो बनाएका हुन् ।

सडक बगाएपछि विकल्पमा पदमार्ग

नेकपा प्रवक्ता विश्वकर्मा अदालतबाटै पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा अदालतबाटै पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका विश्वकर्मालाई अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।

नेकपा प्रवक्ता विश्वकर्मा अदालतबाटै पक्राउ

बाजपेयीको अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीप्रति अन्त्येष्टिस्थलमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार साँझ ५ बजेर ५ मिनेटजाँदा ९३ वर्षको उमेरमा निधन भएका बाजपेयीको राष्ट्रिय स्मृतिस्थलमा दाहसंस्कार गरिएको छ । 

बाजपेयीको अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री ज्ञवाली

उर्जामन्त्री पुनको निर्देशन, 'प्राधिकरणका आयोजनाको लागत घटाउनुस्'

निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोगबाट मुक्त हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

उर्जामन्त्री पुनको निर्देशन, 'प्राधिकरणका आयोजनाको लागत घटाउनुस्'

दुई विद्यार्थी संगठन एकतापछि ‘अनेरास्ववियू’ नाम राख्ने सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियू’ राखिने भएको छ । शुक्रबार बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन् ।

दुई विद्यार्थी संगठन एकतापछि ‘अनेरास्ववियू’ नाम राख्ने सहमति

नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन गरिने बताएका छन् ।कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कानुन कार्यान्वयनका क्रममा त्रुटि भेटिए सच्याउन तयार रहेको प्रस्ट पारेका हुन् ।

नयाँ कानुनमा कमीकमजोरी भेटिए संशोधन : प्रधानमन्त्री

जोशीद्वारा कामु प्रधानन्यायाधीश र न्याय परिषद्को अध्यक्षकै हैसियतमा सन्देश

संसदीय सुनुवाईमा अस्वीकृत भएपछि विदा बसेका दिपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश र न्याय परिषद्को अध्यक्षकै हैसियतमा सन्देश जारी गरेका छन् ।

जोशीद्वारा कामु प्रधानन्यायाधीश र न्याय परिषद्को अध्यक्षकै हैसियतमा सन्देश

वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीप्रति अन्तिम् श्रद्धाञ्जली व्यक्त गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली पुगेका छन् । 

वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

मुलुकमा अब संहिता: प्रहरी ‘असन्तुष्ट’

नेपाल प्रहरीले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन हुबहु कार्यान्वयन गर्दा अपराध नियन्त्रण र अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेको छ ।

मुलुकमा अब संहिता: प्रहरी ‘असन्तुष्ट’

अपराध संहिता बारे चिकित्सक अन्योलमा

नयाँ मुलुकी अपराध संहिता आज शुक्रबारदेखि लागू हुने भएपछि चिकित्सकहरू अन्योलको स्थितिमा देखिएका छन् । शल्यचिकित्सकहरू जोखिमपूर्ण शल्यक्रिया गर्ने वा नगर्ने र अरू चिकित्सक बिरामी उपचारमा जोखिम लिने–नलिने अन्योलमा छन् ।

अपराध संहिता बारे चिकित्सक अन्योलमा

मुलुकमा अब संहिता

एक सय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै शुक्रबारदेखि नयाँ कानुन लागू भएको छ । संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागू हुन लागेको हो ।

मुलुकमा अब संहिता