वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीप्रति अन्तिम् श्रद्धाञ्जली व्यक्त गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली पुगेका छन् । 

वाजपेयीको बिहीबार निधन भएको थियो। वाजपेयीप्रति अन्तिम् श्रद्धाञ्जली व्यक्त गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधि पनि दिल्ली पुगेका छन्।

Yamaha

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन्।

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट भएको थियो। उनी मधुमेह, मृगौलालगायतका समस्याले ग्रस्त बनेपछि विगत नौ हप्तादेखि भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत थिए।

Esewa Pasal

प्रकाशित : भाद्र १, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

'क्वीन अफ सोल'को निधन 

कान्तिपुर संवाददाता

काठमाडौं — गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।

सीएनएनका अनुसार पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

प्रकाशित : भाद्र १, २०७५ १२:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT